अर्थ-वाणिज्य

पहाडी जिल्लाका टोलटोलमा पठन पाठन



रोल्पा १६ साउन । कतिपय पहाडका जिल्लामा टोलटोलमा पठनपाठन हुने गरेको पाइएको छ । सोही अन्तर्गत रोल्पाका विद्यालयहरुले टोल शिक्षा मार्फत पठनपाठन सुरु गरेका छन् । जिल्ला सदरमुकाम लिवाङमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुले टोल शिक्षा मार्फत पठनपाठन सुरु गरेका हुन् ।

जिल्लामै पहिलोपटक बालकल्याण नमुना माविले आषाढको अन्तिम साता देखी टोल शिक्षा शुरु गरेको थियो । विद्यार्थीहरुमा पढ्ने वानी घट्दै गएको भन्दै अभिभावकले वैकल्पिक विधिवाट पठन पाठन गर्न आग्रह गरेकाले तल्ला कक्षाहरुमा टोल शिक्षा सुरु गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य जीतवहादुर डाँगीले जानकारी दिए । वढीमा २५ जना विद्यार्थीलाई एउटा कक्षामा राख्ने गरि टोल शिक्षा सुरु गरेका छौ डाँगीले भने । कोरोनाको संक्रमण विश्लेषण गर्दै सावधानीपूर्वक टोल शिक्षा सुरु गरेको डाँगीको भनाई छ ।

कोरोनाको दोश्रो लहर संगै वन्द भएको विद्यालय खुल्ने सुनिश्चित नहुदा अभिभावकको माग वमोजिम टोल टोलमा पठन पाठन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले जानकारी दिए । सरकारले नै विद्यालय वन्द गरेका कारण विद्यालय खोलेर भौतिक उपस्थितिमा पठन पाठन संचालन गर्न संभव नभएकाले टोला शिक्षा सुरु गरेका छौ प्रधानाध्यपक पोख्रेलले भने ।हाल कक्षा नर्सरी देखी कक्षा ३ सम्म १७ वटा टोलमा टोल शिक्षा सुरु गरेको पोख्रेलको भनाई छ ।

चालु शैक्षिक सत्रमा कक्षा नर्सरी देखी कक्षा ३ सम्म भर्ना भएका ४२३ मध्ये ३७० भन्दा वढी विद्यार्थी टोल शिक्षामा समावेश भएका छन विद्यालयका शिक्षक टेकनाथ आचार्यले भने । टोल शिक्षामा सहभागि हुनेहरुको संख्या दिनानुदिन वढ्दै गएकाले भर्ना भएका तर टोल शिक्षामा नआएका विद्यार्थीलाई पनि यथासिघ्र सहभागि गराउने पहल भईरहेको छ शिक्षक आचार्यले भने । लामो समय विद्यालय वन्द भएका कारण सदरमुकाम छोडेर घर गएका कारण ती विद्यार्थी छुटेको हुन सक्छन आचार्यले भने । विभिन्न माध्यमवाट सुचना गरेर छुटेका सवैलाई टोलशिक्षामा सहभागी गराउने पहल गरिरहेका छौ आचार्यले भने ।

लामो समय विद्यालय वन्द रहदा मोवाईल र टिभीमा झुमिने केटाकेटी टोल टोलमा गएर पढ्न पाएकोमा आफुहरु खुसी भएको शिक्षक एशिया श्रष्ठको भनाई छ । लामो समयसम्म अवरुद्ध भएको पढाई सुचारु भएकोमा अभिभावक र विद्यार्थी दुवै खुसी देखिन्छन श्रेष्ठले भनिन् ।जिल्लाका अन्य सामुदायिक र संस्थागत विद्यालयहरुले पनि टोलशिक्षा सुरु गरेका छन । रोल्पा नगरपालिका वडा नंं २ को सरस्वती आधारभूत विद्यालय देराली, तुलसी आवासीय मावि लिवाङले साउन पहिलो साता देखी टोल शिक्षा सुरु गरिसकेका छन भने तारा मावि वामरुकले साउन १४ देखी टोल शिक्षा सुरु गर्न लागेको प्रधानाध्यापक ओविलाल महराले जानकारी दिए ।

तल्ला कक्षाहरुमा टोल शिक्षा सुरु गरेका उनीहरुले माथिल्ला कक्षामा भने जुम कक्षा सुरु गरेका छन । अघिल्लो वर्ष देखी अभ्यासमा ल्याइएको जुम कक्षामा विद्यार्थीको उपस्थिति वढ्दै जान थालेको शिक्षकहरुको भनाई छ । अघिल्लो वर्ष प्रभावकारी नदेखिएको जुम कक्षा यस वर्ष प्रभावकारी देखिएको छ बालकल्याण नमूना माविका विज्ञान शिक्षक लेखमणी खड्काले भने । अघिल्लो वर्ष २० प्रतिशत उपस्थिति रहेको जुम कक्षामा यस वर्ष ६० प्रतिशत वढी उपस्थिति देखिन्छ खड्काले भने ।

प्रकाशित : १६ श्रावण २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६