ब्रेकिंग न्युज

आठ पालिकालाई समेटेर सांस्कृतिक राजधानी निर्माण गरौ :सांसद पन्थी



कपिलवस्तु १६ साउन। लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य विष्णु पन्थीले मूख्यमन्त्री शंकर पोखरेलले घोषणा गर्नुभएको सांस्कृतिक राजधानी निमार्णको खाका प्रस्तुत गर्नुभएको छ। पन्थीले रुपन्देही र कपिलवस्तु जिल्लाका आठ पालिकालाई जोडेर एकीकृत विकास मञ्च गठन गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ ।जुन ऐतिहासिक सांस्कृतिक तथा पुरातात्विक हिसाबले  महत्त्वपूर्ण छन। जसकालागि रुपन्देही र कपिलवस्तुमा रहेका ८ पालिकालाई साझा एकीकृत विकास गर्न भन्दै मञ्च गठन गरेर अगाडी बढ्नुपर्नेमा सांसद पन्थीले जोड दिनुभएको हो ।

सांसद पन्थीले सामाजिक सञ्जाल मार्फत रुपन्देहीका सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, कंचन गाउँपालिका, गैडहवा गाउँपालिका र कपिलवस्तुका बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्वोधन गाउँपालिका गरी ८ वटा पालिकाको एउटा साझा एकीकृत बिकासको मंच “तिलौराकोट लुम्बिनी (तिलु )” (वा अरु कुनै नाम ) ले गठन गर्नुपर्ने बेला भएको बताउनुभएको छ ।

यसमा पालिका प्रमुख/उप प्रमुख र कार्यकारी अधिकृत सदस्य र ३/४ जना बिषय बिज्ञहरु तथा प्रदेश सभा सदस्यहरु आमन्त्रित सदस्यको रूपमा राख्दा राम्रो हुनेमा उहाँको जोड छ ।           यो क्षेत्रको दिगो बिकासको लागि कोषे ढुङ्गा हुनसक्छ, छलफल गरौ, उहाँले लेख्नुभएको छ ।नयाँ नयाँ अवधारणा अगाडि ल्याउन माहिर पन्थीको यो सुझाव सरकारले ग्रहण गरला वा नगरला जनस्तरले भने अबश्य स्वीकार गरिसकेको छ। 

प्रकाशित : १६ श्रावण २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६