प्रदेश

कांग्रेसलाई चुनौती पूर्ण जिम्मेवारी , नेतृत्वको उचित ब्यवस्थापनमा उपाध्यायको जोड



कपिलवस्तु १६ साउन । नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य दिपकुमार उपाध्यायले  नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सकारलाई चुनौतपूर्ण जिम्मेवारी प्राप्त भएको बताउनुभएको छ ।नेपाली कांग्रेस कपिलवस्तु नगरपालिका अन्तरगत वडा नम्बर ९ को चौधौँ वडा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै नेता उपाध्यायले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा पार्टीका स्थानीय नेता कार्यक्रताहरुको उचित स्थानमा व्यवस्थापन गर्न सके संगठन पनि बलियो हुने र आगामी निर्वाचनमा पार्टीको बहुमत पनि सुनिश्चित हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तुका पुर्व पार्टी सभापति राजेश आचार्यले पार्टी बलियो बनाउन आगामी निर्वाचनमा कुनैपनि पदको इच्छा नराखी संगठन निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ । यस्तै कार्यक्रमका सभापति समेत रहनुभएका कपिलवस्तु नगरपालिका ९ का वडा सभापति देवेन्द्र पोख्रेलले जगदिशपुर ताल विश्व सम्पदा सूचीमा परेको र दिन प्रतिदिन पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएकाले भिडभाड पनि बढी हुने र गलत क्रियाकलाप पनि बढ्ने खतरा रहेको भन्दै त्यस्ता गतिविधि रोक्न वडा प्रहरी कार्यालयको आवश्कता रहेको बताउनुभयो ।

 वडा सभापति पोख्रेलको सभापतित्व  रहेको कार्यक्रममा नेपाली कांग्रेसका ६० वर्ष उमेर माथिका क्रियाशिल सदस्यहरुलाई सम्मान गरिएको थियो भने सदस्यताको प्रमाणपत्र पनि वितरण गरिएको थियो । 

प्रकाशित : १६ श्रावण २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६