अर्थ-वाणिज्य

शिवराज नगरमा आफ्नै सूचना आफैलाई घाँडो



कपिलवस्तु १९ साउन । कपिलवस्तुको शिवराज नगरलाई आफ्नै सूचना आफैलाई घाँडो भएको छ । न सूचना अनुसार नगर अघि वढ्न सकेको नत सूचना फिर्ता लिइएको छ । जसका कारण शिवराज नगरपालिकाले जारी गरेको सुचनालाई कार्यन्वयन गर्न नगरलाई सकस परेको विष्लेषण भई रहेकोछ । शिवराज नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरुलाई हटाउन भन्दै एक हप्ताको समय दिएर गत असार २३ गते सुचना प्रकाशित गरेको थियो । उक्त सुचना जारी गरेको ३ हप्ता विति सक्दा पनि लागु हुन सकेको छैन् ।सडक ऐन विपरीत संरचना निर्माण भएका संरचना अहिले पनि जस्ताको त्यस्तै छन् । 


सुचना जारी गरेर अल्टि मेटम दिएपनि राजनितिक कारणले नगरले कार्यन्वयन गर्न नसकेको सरोकारवालाहरुको भनाइ छ । स्थानिय तहको निर्वाचन नजिकिदै जादाँ व्यावसायिहरु रुष्ट हुन सक्ने भन्दै कार्यान्वयनमा ढिलाई भएको नागरिकहरुको बुझाई छ ।नगरपालिकाले सडक अतिक्रमण गरेर निर्माण भएका संरचना हटाउन भनेर सुचना जारी गरे पनि सडक अतिक्रमण गरेका सडकमै व्यापार गरेका ब्यापारीहरुले सुचनालाइ अटेरी गरेका गरेका छन, भने सम्बन्धित निकायले कुनै पहल गरेको छैन । 

प्रकाशित : १९ श्रावण २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६