जीवनशैली

कडाखालको निशेधाज्ञाले अर्घाखाँची जिल्ला सुनसान ,घरमै पुगेर कोरोना खोप



अर्घाखाँची १९ साउन आईतवार १२ बजेदेखि लागु भएको निषेधाज्ञाको प्रभावले अर्घाखाँची जिल्ला सुनसान जस्तै भएको छ । जिल्लामा कोरोना भाईरसका संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि साउन १४ गते जिल्ला स्थित कोरोना संकट व्यवस्थापन समिति (डिसिसि एमसी) को निर्णय अनुसार निषेधाज्ञा लागु भएको हो ।

निषेधाज्ञा थप कडाई गर्न सन्धिखर्क, चुत्रावेसी बजार, जिल्लाका व्यस्त ठाउँहरुमा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बजारका चोकचोकमा सचेतना मुलक सन्देश प्रवाह गरेको छ । निषेधाज्ञा लागु भएसँगै अत्यावश्यकका साधान बाहेक नीजि तथा सार्वजनिक सवारि साधन सञ्चालनमा रोक लगाईएको छ । जिल्ला बाहिरबाट अत्यावश्यक काम लागि आउनेहरुले जिल्ला प्रशासनसँग सहजिकरण गरेर मात्र प्रवेश गर्न पाईने बताईएको छ ।

दैनिक उपभोग्य वस्तु खाद्यान्न, तरकारी तथा फलफुल, दुध डेरी, मासु पसल, कृषिजन्य पसल विहान ६ बजेदेखि विहान ९ बजेसम्म मात्र खोल्न दिईएको छ । औषधि पसल, क्लिनिक, डेन्टल क्लिनिक २४ सै घण्टा खुल्नेछन् । यता अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर २ बल्कोटमा अपाङ्गहरुलाई घरमा पुगेर कोरोना बिरुद्दको खोप लगाइएको छ । बल्कोटको झिरबास रानि पोखरामा रहेका क र ख बर्गका अपाङ्गहरुलाई बल्कोट प्राथमिक स्वस्थ्य  केन्द्रका स्वास्थ्यकर्मीहरुले घरमा पुगेर कोरोना बिरुद्दको जोनसन एण्ड जोनसन खोप लगाएका हुन् । खोप केन्द्रमा आउन नसकेका अपाङ्गहरुले जनप्रतिनिधि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी घरमा नै आएर खोप लगाईदिएपछि खुशी व्यक्त गरे । 

प्रकाशित : १९ श्रावण २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६