जीवनशैली

स्वचालित पेस्तोल सहित २ र चोरीगर्ने गिरोहका ६ पक्राउ



अर्घाखाँची २० साउन । चोरीभएको रिचार्ज कार्ड प्रयोग हुदा  अर्घाखाँचीको सन्धिखर्कमा विभिन्न स्थानमा चोरी गर्दै हिँड्ने ६ जनालाई प्रहरीले पक्राउ गरि मंगलबार सार्वजनिक  गरेको छ । जिल्लाको सन्धिखर्क लगायतका बजार क्षेत्रमा चोरीका घटनाहरु बढ्दै गएपछि प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धानको क्रममा चोरीमा हराएका सामाग्रीसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिनु भयो । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका ११ का २६ वर्षीय किशन नेपाली, सामान बरामद भएको घरका १८ वर्षीय रोसन नेपालीसहित १७,१५,१३ र १२ वर्षका चारजना बालक पनि रहेका छन् । 

सन्धिखर्क नगरपालिका वडा नम्वर १ कौ बैंकरोडमा पसल गरी बस्ने बाबुराम नेपालीको पशलबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल र १५ सयको रिचार्ज कार्ड चोरी भएपछि रिचार्ज कार्ड प्रयोग भएको नम्बरबाट चोर पत्ता लागेको प्रहरी नायव उपरीक्षक थापाले बताउनु भयो । 

यता दाङमा प्रहरीले स्वचालित पेस्तोल सहित भारतीय दुई जनालाई पक्राउ गरेको छ । देउखुरीको गढवा गाउँपालिका १ जुरौनिबाट एक थान स्वचालित पेस्तोल, २ थान म्यागजीन, २ थान गोली र ३ वटा मोबाईल सहित दुई जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति र हतियार सहितका बस्तुहरुलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेहरुमा भारत जिल्ला सिद्धार्थनगर नगर पञ्चायत बढी ३ का २२ बर्षिय कर मुल्लाह आमिर र सोही ठाउँको वडा नम्बर ८ का १९ बर्षिय राजा खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट र अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको संयुक्त प्रहरीको टोलीले आमिरको कम्मरमा लुकाई राखेको पेस्तोल सहित म्यागेजीन र गोली बरामद गरेको प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो । उनिहरुले विक्रिका लागि दाङमा हतियार ल्याएको बताएका छन् । 

प्रकाशित : २० श्रावण २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६