अन्तर्राष्ट्रिय

कपिलवस्तुका पाण्डे नेपाल भारत मैत्रीसंघको केन्द्रिय सचिवमा नियुक्त



कपिलवस्तु २४ साउन । नेपाल भारत मैत्रीसंघको केन्द्रिय सचिवमा कपिलवस्तुमा शिक्षाप्रेमी अरुण कुमार पाण्डे मनोनित  हुनु भएको छ । केन्द्रिय अध्यक्ष ओम प्रकाश सरावगीको हस्ताक्षरमा जारी पत्रमा  केन्द्रिय कार्यसमितीको सचिवमा   संघको विधान २०३८ को संशोधन सहितको विधानको दफा ५५को उपदफा ख बमोजिम तपाइलाई केन्द्रिय सचिवमा नियुक्त गरिएकोछ ।


उहा निजी प्राविधिक शिक्षालय महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष एवम् कपिलवस्तु प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहनु भएकोछ । शिक्षासेवी ब्यक्तित्व पाण्डे बुद्ध दर्पण दैनिकको संचालक ,सामुदायिक रेडियो र टेलिभिजन बुद्ध आवाजको सल्लाहकार समेत हुनुहुन्छ । उहालाई कपिलवस्तु संचार सस्थाका अध्यक्ष विष्णु न्यौपाने ,महासभिव सरोज खनाल  र ब्यस्थापक भेषराज पाण्डेले विज्ञप्ती मार्फत बधाई ज्ञापन गर्नु भएको छ ।

दैनिकका तर्फवाट अध्यक्ष डम्मर शर्मा र प्रबन्ध निर्देशक लक्ष्मण बेल्वासेले बधाई ज्ञापन गर्नु भएको छ । कपिलवस्तुमा रहेर केन्द्रिय सचिवको जिम्मेवारी पाउनु आफैमा महत्वको विषय बनेको छ । 

प्रकाशित : २४ श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६