पर्यटन

लुम्विनीमा जनशक्ति अभावले कोभिड अस्पतालको सेवा र सुविधा प्रभावित



दाङ २९ साउन। जनशक्ति अभावमा रोल्पा अस्पतालमा कोभिड बिरामीको उपचार प्रभावित भएको छ । प्रदेश सरकारले अस्पतालको स्तरवृद्धिका लागि पर्याप्त दरबन्दी र कर्मचारी पठाउन नसक्दा सेवा प्रभावित भएको हो । प्रदेश सरकार मातहतको उक्त अस्पतालमा दैनिक कोभिडका बिरामी आउने गरेका छन् । थोरै जनशक्तिका भरमा कोभिड र गैरकोभिड बिरामीको उपचार गर्न स्वास्थ्यकर्मी बिदामा नबसी दिनरात खट्दा पनि समस्या आएको छ । अस्पतालका अनुसार सीमित जनशक्तिकै भरमा अस्पतालमा आउने र आइसोलेसनमा रहेका बिरामीको समेत उपचार गर्ने व्यवस्था मिलाइएको छ । 

अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सबु काफ्लेले प्रदेश सरकारको अस्पतालको सेवा र स्तर वृद्धिको घोषणा र कार्यक्रमअनुसार कार्यान्वयन गर्न चुनौती भइरहेको बताइन् । ‘प्रदेश सरकारले रोल्पा अस्पतालको स्तर वृद्धि र सेवा विस्तार गरिएको प्रारम्भिक कार्यक्रम र बजेट पठाएपछि हामीले त्यसै अनुसार सेवा विस्तार थाल्यौं,’ उनले भनिन्, ‘तर, सेवा र स्तर वृद्धि गरिएको अन्तिम पत्र र निर्णय नआएको हुँदा थालिएका कार्यक्रम सम्पन्न गर्न मुस्किल भएको छ ।’

लुम्बिनी प्रदेश सरकारका तत्कालीन स्वास्थ्य मन्त्री सुदर्शन बरालले दुर्गममा रहेका अस्पतालको स्तर वृद्धि गरेको र त्यसै अनुसारको जनशक्ति पठाउन कार्यक्रम अघि सारेका थिए । त्यसै अनुसार रोल्पा अस्पतालमा बजेट र केही जनशक्ति पनि प्राप्त भएको हो । तर, हाल प्रदेश सरकारले अस्पतालको स्तर वृद्धिबारेको पछिल्लो निर्णय र अवस्थाबारे कुनै जानकारी पठाएको छैन ।

प्रकाशित : २९ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६