प्रदेश

कपिलवस्तु प्रहरीको फ्याप अभियान : २ दिन मै १५५ अपराधी पक्राउ



कपिलवस्तु २९ साउन ।बिभिन्न कसुरमा अदालतले सजाय ताके पनि लामो समय देखि फरार रहदै आएका अपराधीलाई पक्राउ गर्न मंगलार देखि प्रहरीले फ्युगिटिभ अरेस्ट प्रोग्राम (फ्याप) अभियान चलाएको छ ।  अभियान अन्तर्गत २ दिन मै प्रहरीले १ सय ५५ जनालाई फक्राउ नर्ग सफल भएको हो । मंगलवार ८१ जना र बुधवार ७४ जना फरार रहदै आएका अपराधी पक्राउ परेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनु भयो  । फरार अपराधीलाई पक्राउ नर्ग प्रहरीले फ्याप’ अभियान संचालन गरेको प्रहरी उपरिक्षक कार्कीको भनाइछ ।

  कपिलवस्तुमा विभिन्न मितीमा लागुऔषध, जवरजस्ति करणी, नकवजनी चोरी, भवितव्य ज्यान, कुटपिट,  सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलामा कसुरदार ठहरिएकालाई पक्राउ गरिएको हो । ’फ्याप’ लाई प्राथमिकता दिई कार्यतिब्रता दिने क्रममा २ दिनमा नै १ सय ५५ जना पक्राउ गरिएको उहाले बतउनु भयो  । ‘ अपराधीहरुलाई कानुनी दायरामा ल्याउन अभियान चलाइएको हो  ’ एस्पी कार्कीले भन्नु भयो  । ‘  अपराध गर्नेहरू एक दिन अवश्य कानूनको दायरामा आउनै पर्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तीब्रता दिएका हौँ ’ एस.पि.कार्कीको भनाइछ ।

बुधबार पक्राउ गरिएकोमा २०६७मंसिर ७ गते जबर्जस्ति करणी मुद्दामा ५ वर्ष कैद फैसला भई ११ वर्षदेखि फरार रहेका कोपुवा–०५ खोटिकाका गोविन्द बहादुर मगर रहेका छन ्।  त्यस्तै नकवजनी चोरी मुद्दाका २०६६जेठ २७ गते ११ महिना १७ दिन गरि १,लाख ९३,हजार ४५७ रूपैया जरिवाना तोकिएका २ जना प्रतिवादी पनि पक्राउ गरिएको छ ।

प्रकाशित : २९ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६