प्रदेश

बुद्धको मुर्ति सहित ५ पक्राउ



बर्दिया ३-भदौ। बर्दियामा एक थान धातुको बुद्धको मुर्तिसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दियाको गुलरिया नगरपालिका-७ स्थित बिजय गेष्ट हाउसको कोठा नम्बर ३२८ बाट ७ किलो ७ सय २ ग्राम तौल भएको १ थान धातुको बुद्धको मुर्ति सहित ५ जनालाई बुधबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।                           पक्राउ पर्नेमा गुलरिया नगरपालिका-७ निवासी ४० वर्षीय निराजन उप्रेती, मधुबन नगरपालिका-१ निवासी ३४ वर्षीय उज्वल रोकाय, सोही नगरपालिका-९ निवासी ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका-९ निवासी ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका-२ निवासी २९ वर्षीय मग बहादुर नेपाली रहेका छन् ।

उक्त गेष्ट हाउसमा पुरातत्विक वस्तु (सयौं वर्ष पुरानो बहुमूल्य धातुको बुद्धको मुर्ति) करोडौं रुपैयाँमा किनबेच भैरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त मुर्ति सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित : ३ भाद्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६