अर्थ-वाणिज्य

एकताका लागि माधव नेपाललाई साथ दिने बामदेवको घोषणा



काठमाडौं, ३ भदौं । एमाले विभाजनको निर्णायक मोडमा वरिष्ठ नेता माधव नेपाललाई दोस्रो पुस्ताका नजिकका नेताले साथ नदिइरहेका बेला एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले समाजवादी दर्ता गराउन लागेका माधव नेपाललाई साथ दिने भएका छन् ।

पार्टी एकता अभियानको भर्चुअल बैठकलाई बिहीबार सम्बोधनका क्रममा उपाध्यक्ष गौतमले अब आफूले नेपाल नेतृत्वको एमाले समाजवादीलाई साथ दिने घोषणा गरेका हुन् । तत्कालीन नेकपा फुट्दादेखि नै आफूले चलाउँदै आएको पार्टी एकता अभियान बैठकलाई सम्बोधनका क्रममा गौतमले आफू नेपालतिर लाग्ने कार्यकर्तालाई बताएका हुन् ।

‘अब पार्टी एकता अभियानलाई तीव्र बनाउने योजनामा छु’, उनले भने, ‘योसँगै अब एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढ्छु ।’ गौतमले अब ओलीको पक्षमा लागेर एमाले पार्टीका लागि केही गर्न नसकिने पनि बताएका छन् ।

‘अब ओलीको पक्षमा लागेर, उनीसँग हिंडेर केही गर्न सकिँदैन, कहीं पुग्न सकिंदैन’, उनले थपे, ‘अब हामीसँग विद्रोह नै विकल्प हो । नयाँ पार्टीलाई अहिलेको एमालेभन्दा शक्तिशाली बनाउने अभियानमा लाग्छौं । त्यसपछि पार्टी एकतामा जोड दिन्छौं ।’ गौतमले अझै पनि पार्टी एकताको सम्भावना रहेको बताउँदै त्यो जिम्मेवारी आफूलाई दिन नेता नेपाललाई पनि आग्रह गर्ने बताएका छन् ।

प्रकाशित : ३ भाद्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६