पर्यटन

सिटी कलेज संचालनसंगै नयाँ गाँउ यसरी बन्दैछ शैक्षिक हव



रुपन्देही ४ भदौ । बुटवलको नयाँगाउँमा लुम्बिनी बौद्ध विश्वविद्यालय आएकोमा स्थानीयले स्वागत गरेका छन् ।लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले नयाँगाउँमा सिटी कलेज सञ्चालन गर्दैछ । १२ औं विश्वविद्यालयसभाबाट सिटी कलेज चलाउने निर्णय भएको थियो ।बुटवलको नयाँगाउँ क्षेत्रलाई शैक्षिक हवको रुपमा विकास गर्ने योजनासहित विश्वविद्यालय ल्याउनका लागि यसक्षेत्रका समाजसेवीहरु जुटेका हुन् । विश्वविद्यालय ल्याउनका लागि नयाँगाउँ माध्यमिक विद्यालयले पूर्वाधारसहितको करिव ५ बिगाहा जग्गा प्रदान गरेको छ ।

नयाँगाउँको नदी उकाश क्षेत्रमा क्याम्पस चलाउने योजनासहित विद्यालयले पूर्वाधार बनाएको थियो । क्याम्पस सञ्चालन गर्न आर्थिक स्रोत अभाव भएपछि त्यत्तिकै रोकिएको बेला लुम्बिनी विश्वविद्यालयको सिटी कलेज ल्याउने निर्णय भएको हो ।बुटवलको बेलबासमा बिहीबार भएको एक अन्र्तक्रिया कार्यक्रममा सहभागी विद्यालयका पदाधिकारी, चन्दादाता, अभिभावक तथा जनप्रतिनिधिहरुले विश्वविद्यालय आउदा यो क्षेत्र नै शैक्षिक हव बन्ने विश्वास व्यक्त गरेका छन् ।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं सांसद भोजप्रसाद श्रेष्ठले आफू बुटवलको मेयर हुदाँ नयाँगाउँ क्षेत्रमा क्याम्पस चलाउन बनाएको योजनाले अहिले सार्थकता पाएको बताए । तिनाउ पारीको विकास शैक्षिक विकासबाटै हुने भन्दै बौद्ध विश्वविद्यालयको एउटा कजेलेले नयाँगाउँ क्षेत्रकै स्वरुप फेरिने बताए ।

प्रकाशित : ४ भाद्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६