प्रदेश

माओवादीले बृहत्त एकतावाट कम्युनिष्ट केन्द्र बनाउन वार्ता गर्ने,प्रेदश र जिल्लाका इन्चार्ज तोक्यो



काठमाडौं ६ भदौ ।  नेकपा माओवादी केन्द्रले कम्युनिस्ट केन्द्र बनाउन एकता वार्ता थाल्ने निर्णय गरेको छ ।माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरण गर्ने भएको छ ।स्थायी कमिटी बैठकले पार्टीलाई व्यवस्थित र संस्थागत गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठकमा क्रान्तिकारी धाराका सबैलाई एकै केन्द्रमा ल्याउने गरी पहल गर्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।‘कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरणका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ’, नेता श्रेष्ठले भने ।

‘कम्युनिस्ट आन्दोलनमा देखा परेका, देश र जनताको पक्षमा एउटा वा अर्को रुपमा उभिएका र समाजवादको पक्षमा रहेका सबैसँग हामी वार्ता गर्छौं’, उनले भने ।यस्तै बैठकले हालै बसेको केन्द्रीय कमिटीले स्थायी कमिटीलाई दिएको जिम्मेवारी पूरा गर्नेबारे छलफल पनि गरेको थियो ।

राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर वडा, पालिका र प्रदेश अधिवेशन गर्ने पनि निर्णय भएको छ । पार्टी निर्वाचन समितिले निर्वाचन नियमावली र निर्देशिका तयार पार्ने काम गरेको र उक्त निर्देशिका पार्टीका तल्ला कमिटीमा पठाइने नेता श्रेष्ठले बताए ।यता जिल्ला र प्रदेशका इन्चार्ज समेत बैठकले तोकेको छ । 

प्रकाशित : ६ भाद्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६