प्रदेश

लुम्विनी प्रदेश :सभामुखको राजीनामा एमालेको बटमलाईन



रूपन्देही ६ भदौ। नेकपा एमाले लुम्बिनी संसदीय दलले सभामुखलाई आफ्नो मर्यादाभित्रै बस्न चेतावनी दिएको छ। एमालेले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी सभामुख पद अनुकुलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम नगरेको ठहर गर्दै मर्यादामा नबसेमा पदमा नबस्न चेतावनी दिएको हो।  एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले सभामुखले पदीय मर्यादाभन्दा बाहिर गएर न्यायाधीशजसरी भूमिका निर्वाह गर्न खोजेकोले पदीय मर्यादाभित्र रहन सचेत गराए। नेता चौधरीले सभामुखको भूमिकाअनुसार पदमा बसिरहन नमिल्ने तर्क गरे। ‘सभामुखले कार्यक्षेत्र नाघेर निर्णय गर्नु कुनै संसदीय व्यवस्था अवलम्वन गरेका मुलुकले हालसम्म नअपनाएको निरंकुशतावादी चरित्र हो भन्ने हामीलाई लागेको छ’–एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ–प्रचलित कानून, तथ्य, संसदीय मूल्य मान्यतालगायत कुनै कुराले पनि यो क्षेत्राधिकार माननीय सभामुखलाई नदिएकोले स्वतः पद अनुकूलको आचरण नगरेको प्रष्ट हुन्छ र नैतिकताका आधारमा निज सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन मिल्ने देखिदैन।’                               एमालेले सभामुखविरुद्ध पदअनुकुल आचरण नगरेको उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ–लुम्बिनी प्रदेश सभाका माननीय सभामुख श्री पूर्णबहादुर घर्तीले सभामुख जस्तो गरिमामय पदमा आसीन रहेको अवस्थामा पटक पटक पद अनुकूलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम गर्नु भएकोले नेपालको संविधानको धारा १८२ को उपधारा (६) को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८०  वमोजिम नीजले  पद अनुकूल आचरण नगरेको व्यहोरा यस प्रेस विज्ञप्ती मार्फत जानकारी गराउँछौ।’                              एमालेले बुँदागत रुपमा सभामुखको भूमिकामा प्रश्न उठाएको छ। आफ्नो दलमा आबद्ध सांसदलाई कारबाही गरेपछि सभामुखले पदमुक्त गर्नुपर्नेमा दलीय स्वार्थका आधारमा निर्णय गरेको एमालेको आरोप छ।        उपनेता चौधरी भन्छन्–‘सभामुखले एमाले छाड्ने सांसदलाई उतिखेरै पदमुक्त गर्ने, जसपाका ४ जना सांसदलाई उतिखेरै पदमुक्त गर्ने र अहिले माओवादी सरकारलाई समर्थन गरेका एमालेका सांसदलाई एमालेले कारबाही गरेपछि पदमुक्त गर्न ढिलासुस्ती गर्ने, यो कुन कानुनले दिन्छ, कुन नैतिकताले दिन्छ, उहाँ सभामुख हो कि न्यायाधीश ?

प्रकाशित : ६ भाद्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६