प्रदेश

बलदेवले फेरी पाए आफ्नै प्रदेशको नेतृत्व गर्ने अवसर : अव अहिले जस्तो माओवादी नरहने दावि



कपिलवस्तु ७ भदौ । विगतमा जनमुक्तिसेनाको डेपुटी कमाण्डर हुदै विभिन्न राजनैतिक जिम्मेवारी पाउदै आएका पूर्व कृषिमन्त्री समेत रहेका  माओवादी केन्द्रका  स्थायी कमिटी सदस्य  चक्रपाणी खनाल (वलदेव)ले लामो समयको अन्तरालपछि फेरी पनि लुम्विनी प्रदेश  इन्चार्जको जिम्मेवारी पाउनु भएको छ  । पार्टी एकता हुनुपूर्व लामै समय बर्षमान पुन यो प्रदेशको इनचार्ज हुनुहुन्थ्यो  । उहा भन्दा अगाडीको इन्चार्ज भने वलदेव नै रहनु भएको थियो । 

वलदेवका अनुसार  आफूले प्रदेशको नेतृत्व गरेका वेला माओवादीले संविधान सभाको चुनावमा ठूलो सफलता पाएको थियो । यतिबेला फेरी यस्तो वेलामा जिम्मेवारी आएको छ  अव माओवादी साच्चै कम्युनिष्ट पाटी रहने हो होइन भन्ने वहश कडा रुपमा उठेको छ । वलदेवका अनुसार माओवादी अव अहिले जस्तो रहन्न यो अत्यन्तै फरक तर साचो अर्थमा कम्युनिष्ट बन्ने यात्रामा अघि बढेको छ । त्यसको सफल नेतृत्व गर्ने दृढ विश्वास आफूसंग रहेको वलदेवले प्रेसपाटीसंग वताउनु भयो । एमाले र माओवादी केन्द्रको अदालती सम्वन्ध विच्छेद पछि एमाले र माओवादी  दुबैको रणनैतिक र राजनैतिक उर्वरभूमी दावि गरिएको लुम्विनीको नेतृत्व गर्ने अवसर माओवादी केन्द्रका स्थायी समिती सदस्य बलदेवले पाउनु भएको हो  । 

माओवादी केन्द्रका प्रवक्ता नारायण काजी श्रेष्ठका अनुसार ६ वटा प्रदेशमा इन्चार्ज तोकिएको छ । यसैगरी जिल्ला समन्वय समितीको संयोजक तोक्ने जिम्मा प्रदेशलाई दिने गरी निर्णय भएको श्रेष्ठले बताउनु भयो । दुई दिन सम्म चलेको बैठकले ६ प्रदेशमा जिम्मेवारी बाडफाड गरीएको हो । एक प्रदेशमा भने पहिले देखिनै रहेका इन्चार्ज नै हालको जिम्मेवारीमा रहेको वताइएको छ । नयाँ जिम्मेवारी अनुसार प्रदेश २ मा गणेश साह, बाग्मती प्रदेशमा हितमान शाक्य, गण्डकी प्रदेशमा हितराज पाण्डे कर्णालीमा शक्ती बहादुर बस्नेत र सुदुर पश्चिममा खगराज भट्ट चयन गरेको बताइएको छ । 

प्रकाशित : ७ भाद्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६