प्रदेश

तेस्रो धार एमालेमा सामेल :१० बुँदे कार्यान्वयनको लागि तीन सदस्यीय कार्यदल



काठमाडौँ ७ भदौ। एमाले विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन भएको छ ।  कमिटीमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उप-महासचिव विष्णु पौडेल सदस्य छन् । यो कमिटीले स्थायी मंगलबारको बैठकअघि प्रस्ताव तयार गर्नेछ । ‘उहाँहरुले १० बुँदे सहमति कसरी लागू हुन्छ र यो प्रक्रिया कहिलसम्म सकिन्छ भन्ने विषयमा प्रस्ताव तयार पार्नु हुनेछ ।          भोलिको स्थायी कमिटीमा उहाँहरुले प्रस्ताव गर्नु हुनेछ,’ एक स्थायी कमिटी सदस्यले भने ।सोमबार एमालेको ‘तेस्रो धार’का नेता र अध्यक्ष ओलीबीच बालकोटमा छलफल भएको थियो । उक्त छलफलमा ओलीले आफू १० बुँदे भित्रबाट अघि बढ्न तयार रहेको बताएका थिए ।

प्रकाशित : ७ भाद्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६