अर्थ-वाणिज्य

कपिलवस्तुका ३ स्थानमा निकालियो गाइजात्रे रयाली



कपिलवस्तु ८ भदौ । कपिलवस्तुका जीतपुर बैरीया,जयनगर र तौलिहवामा रहेका नेवार समुदायले उनीहरुको  महत्वपूर्ण पर्बको रुपमा रहेको गाईजात्रा सोमबार मनाएकाछन् । नेवार समाज कपिलवस्तुको आयोजनामा जिल्लाको बाणगंगा नगरपालिका चारनम्बर जितपुर बैरिया बजारमा बाजागाजा सहित परिक्रमा गरिएको छ । बर्ष भरि दिवंगत भएका आफन्तको सम्झनामा गाईको अनुहार र गणेशको चित्र अंकित गरी बजार परिक्रमा गरिएको छ ।

यसबर्ष नेवार समुदायका स्थानिय मृतक दिलु श्रेष्ठ ,नारायण श्रेष्ठ र श्याम श्रेष्ठको सम्झानामा गाईजात्रा पर्ब मनाईएको नेवार समाज कपिलवस्तुका पूर्ब अध्यक्ष चित्रलाल श्रेष्ठले बताउनुभयो । यसो गर्दा मृतकको आत्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास रहेको उहाको भनाई छ । .

केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित गाईजात्रा मनाएको छन । यो जात्रा काठमाडौं उपत्यकाका तत्कालिन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुवेपछि, रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक प¥यो भनेर देखाउन गाई जात्राको चलन बसालेको विश्वास छ ।  

पछिल्लो एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा कपिलवस्तुको तौलिहवामा नेवार समुदायले पनि गाईजात्रा पर्व मनाएका छन । नेवा खलको अगुवाईमा उनीहरुले गाईजात्राका दिन मानिसलाई गाईका रूपमा सिँगारी तौलिहवामा क्षेत्रमा परिक्रमा गाईजात्र मनाएको छ । पछिल्लो एक बर्ष भित्र तौलिहवामा ३ जना नेवार समुदायको मानिसको मृत्यु भएको र त्यस मध्ये २ परिवारले गाईको स्वरुप बनाइए गाईजात्रा मनाइएको नेवा खल का अध्यक्ष त्रिबिक्रम जोशीले बताए ।

प्रकाशित : ८ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६