अर्थ-वाणिज्य

चितुवाको छाला सहित तीनजना पक्राउ



दाङ ८ भदौ । दाङमा प्रतिबन्धित वन्यजन्तु चितुवाको छाला सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत कोहलपुर देखि लमही तर्फ अवैध रूपमा चितुवाको छाला ओसार पसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी अमिलियाको संयुक्त टोलीले प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको सेतो कारलाई चेकजाँच गर्ने क्रममा चितुवाको छाला सहित तीनजनालाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार आईतवार कारको पछाडिको सिटमा गुलाबी खैरो रङको झोला भित्र अवैध रूपमा वन्यजन्तु चितुवाको तीन थान छाला र ओसार पसारमा संलग्न तीनजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका वडा नम्बर ६ निवासी २० वर्षिय बिमल औजी, सोही ठाउँ निवासी २८ वर्षिय प्रदिपकुमार विक र सोही ठाउँ निवासी २० वर्षिय हेमन्त औजी रहेको प्रहरीले जनाएकोछ ।   पक्राउ पर्नेबाट प्रहरीले प्रतिबन्धित चितुवाको छाला जस्तो देखिने (ठुलो)  पुच्छर देखि टाउँकोसम्म ७ फिट ६ ईन्च लम्बाई र अगाडिको खुट्टाको बिचको भागको चौडाई ४ फिट ७ ईन्च भएको  छाला १ थान,  टाउको देखि पुच्छर सम्मको लम्बाई २ फिट ८ ईन्च तथा पुच्छर देखि टाउको सम्मको लम्बाई २ फिट भएको २ वटा साना गरि जम्मा छाला ३ थान छाला बरामद गरेको हो । प्रदेश३–०१–०२३ च ७६३८ नम्बरको सुजुकी कम्पनिको सेतो रङको कार र स्यामसुङ् मोबाईल २ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यसैगरी दाङ प्रहरीले बहुमुल्य कस्तुरीको बिना सहित दुईजनालाई पक्राउ गरेको छ । कस्तुरी बिना र चितुवाको छालासहित पक्राउ परेका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको हो । घोराहीको होटेल टुडे प्लाजाबाट कस्तुरीको बिना सहित घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसीलाई भदौ ५ गते पक्राउ गरेको हो । प्रहरीले अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेस प्रसाद काफ्लेका अनुसार बिनाको तौल ३१ ग्राम दुइ सय मिलिग्राम छ ।

प्रकाशित : ८ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६