अर्थ-वाणिज्य

बेलझुण्डी अस्पतालमा १६ जना कोरोना संक्रमित थपिए



दाङ ८भदौ। दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोना संक्रमित बिरामीको संख्या क्रमश दिन प्रति दिन बढ्दो छ । मंगलबार मात्रै सो अस्पतालमा १६ जना कोरोना संक्रमित उपचाररत रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । वलीका अनुसार अहिले अस्पतालमा ८ जना महिला र ८ जना पुरुष उपचाररत रहेका छन् । अस्पतालमा भर्ना भएका मध्य घोराहीका ३ जना, तुलसीपुरका ४ जना, लमहीका ६ जना, बबईका २ जना र अन्य जिल्लाका एक जना उपचाररत रहेको वलीले बताए ।

त्यस्तै अस्पतालमा हालसम्म एक हजार २३ जना संक्रमित भर्ना भएका छन् भने ९२ जनाको उपचारका क्रममा मृत्यु भएको छ । साथै ८ सय ७७ जनाले कोरोनालाई जितेर घर फर्किएको व्यवस्थापक वलीले बताए ।

प्रकाशित : ९ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६