दाङ ८भदौ। दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोना संक्रमित बिरामीको संख्या क्रमश दिन प्रति दिन बढ्दो छ । मंगलबार मात्रै सो अस्पतालमा १६ जना कोरोना संक्रमित उपचाररत रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । वलीका अनुसार अहिले अस्पतालमा ८ जना महिला र ८ जना पुरुष उपचाररत रहेका छन् । अस्पतालमा भर्ना भएका मध्य घोराहीका ३ जना, तुलसीपुरका ४ जना, लमहीका ६ जना, बबईका २ जना र अन्य जिल्लाका एक जना उपचाररत रहेको वलीले बताए ।
त्यस्तै अस्पतालमा हालसम्म एक हजार २३ जना संक्रमित भर्ना भएका छन् भने ९२ जनाको उपचारका क्रममा मृत्यु भएको छ । साथै ८ सय ७७ जनाले कोरोनालाई जितेर घर फर्किएको व्यवस्थापक वलीले बताए ।
प्रतिक्रिया