अर्थ-वाणिज्य

निरिक्षक गुरुङ उत्कृष्ट प्रहरी घोषित



तौलिहवा ९ भदौ  ।कपिलवस्तु जिल्लाको बाणगंगा २ पिपरामा रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख दिनेश गुरुङ साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा भएका छन । ट्राफिक ब्यवस्थापन, बिभिन्न अवैध हात हतियार प्रकाउ, रेड पाण्डाको छाला प्रकाउ सहित अन्य बिभिन्न काम गर्न सफल भएकोमा गुरुङलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।


गुरुङ नेतृत्वमा ६३ जना फरार प्रतिवादी प्रकाउ गरेका गुरुङको अहिले जिल्लामा चर्चा समेत चलेको छ । त्यस्तै भञ्सार छली गरेका अवैध सामान समेत नियन्त्रणमा पनि लिन सफल भएका छन । उनलाई जिल्ला प्रहरी कर्यालयका प्रमुख दान बहादुर कार्कीले प्रमाणपत्र सहित सम्मान समेत गरेका छन ।


कपिलवस्तु जिल्लामै अपराध न्युनिकरणका क्षेत्रमा उल्लेखनीय भुमिका खेलेका भन्दै गुरुङलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख कार्कीले बताए ।

प्रकाशित : ९ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६