तौलिहवा ९ भदौ ।कपिलवस्तु जिल्लाको बाणगंगा २ पिपरामा रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख दिनेश गुरुङ साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा भएका छन । ट्राफिक ब्यवस्थापन, बिभिन्न अवैध हात हतियार प्रकाउ, रेड पाण्डाको छाला प्रकाउ सहित अन्य बिभिन्न काम गर्न सफल भएकोमा गुरुङलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
गुरुङ नेतृत्वमा ६३ जना फरार प्रतिवादी प्रकाउ गरेका गुरुङको अहिले जिल्लामा चर्चा समेत चलेको छ । त्यस्तै भञ्सार छली गरेका अवैध सामान समेत नियन्त्रणमा पनि लिन सफल भएका छन । उनलाई जिल्ला प्रहरी कर्यालयका प्रमुख दान बहादुर कार्कीले प्रमाणपत्र सहित सम्मान समेत गरेका छन ।
कपिलवस्तु जिल्लामै अपराध न्युनिकरणका क्षेत्रमा उल्लेखनीय भुमिका खेलेका भन्दै गुरुङलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख कार्कीले बताए ।
प्रतिक्रिया