प्रदेश

अक्सिजन प्लान्ट आएको ४ महिनामा पनि जडान हुन सकेन



पाल्पा ९ भदौ ।कोरोना कहर बढ्दै जाँदा बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजन उत्पादनका लागि चाहिने अक्सिजन उपकरण (प्लान्ट) राख्ने पूर्वाधारको अभावमा पाल्पामा सञ्चालनमा ल्याउने भनिएको उक्त प्लान्ट सञ्चालनमा आउन सकेको छैन । मेसिन किनेको चार महिना भए पनि त्यसलाई राख्ने ठाउँ नै नबनेका कारण अक्सिजन प्लान्ट सञ्चालनमा आउन नसकेको हो ।

पाल्पा अस्पतालले अर्थ मन्त्रालयबाट अक्सिजन प्लान्ट सञ्चालन गर्न बजेट सहमति पाएपछि नै आवश्यक उपकरण खरिद गरेको थियो । तर, अक्सिजन उत्पादन गर्ने मेसिन राख्ने स्थल बनाउन रकम अभाव हुँदा अक्सिजन प्लान्ट सञ्चालन गर्न ढिलाइ भएको पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। जगदीश कुँवरले बताउनुभयो। संघीय सरकार मातहत अर्थ मन्त्रालयले गत जेठ ४ गते नै अक्सिजन प्लान्ट सञ्चालनका लागि १ करोड ५० लाख बजेट स्वीकृत गरेको थियो 

प्रकाशित : ९ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६