कपिलवस्तु १३ भदौ। बाणगंगा नगरपालिकामा एक हप्ताभित्र कोरोनाको खास अवस्था बुझेर विधालय खोल्ने निर्णयमा पुग्नुपर्ने सहमति भएको छ। कोरोनाको कारण लामो समय विद्यालय संचालन हुन नपाउँदा हजारौँ विद्यार्थीको भविष्य विग्रन लागेको आंकलन गर्दै यस्तो निर्णय भएको हो।
नगरपालिकामा शनिबार भएको कार्यक्रममा मेयर मंगल प्रसाद थारु, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, शिक्षा शाखा प्रमुख बाबुराम भट्राई, शिक्षा अधिकृत खिम बहादुर जिसी र विद्यालयका प्रधानाध्यापक तथा संचलकबीच छलफल भई यस्तो सहमति भएको प्रशासकीय अधिकृत खनालले प्रेस पाटीलाई जानकारी दिनुभयो ।
यसको लागि अब एकसातासम्म नगरका ७२ वटै सरकारी तथा नीजि विद्यालयका शिक्षकहरु समुदायमा परिचालित भई कोरोनाको स्थिति बुझ्ने छन् । सो क्रममा अभिभावकको पनि राय लिने छन् ।त्यसपछि आएका सुझाव र कोरोनाको स्थितिबारे विद्यालयले नगरलाई प्रतिवेदन बुझाउने छन् । त्यसैको आधारमा नगरले जिल्ला प्रशासनसंग समन्वय गरी विद्यालय खोल्ने या नखोल्ने भन्ने विषयमा निर्णय लिने मेयर मंगलप्रसाद थारुले बताउनु भयो ।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत खनानलले नेपाल सरकारको निर्णय उल्लंघन गरेर अगाडी जान उपयुक्त नभए पनि कोरोनाको स्थिति पहिचान गरी अवस्था ठिक भएको खण्डमा विद्यालय खोल्न सकिने राय राख्नुभयो । सिकाई केन्द्रको रुपमा विद्यालयको खुलेको स्थितिमा स्वास्थ्य मापदण्ड पालना नगर्ने र नियम नमान्ने विद्यालयलाई भने कारबाहीको दायरामा ल्याइने उहाँको भनाई थियो ।
शिक्षा शाखा प्रमुख भट्टराईले बाणगंगामा विद्यालय खोल्न चौतर्फी दबाब आएको भन्दै साझा निर्णयका लागि छलफल भयको बताउनु भयो ।
यसैबीच नगरका विद्यालयले बाणगंगा नगरपालिका विद्यालय सिकाई सहजिकरण कार्यविधि २०७८ बनाई मेयर थारुलाई दिएका छन् । सो कार्यविधिमा स्वास्थ्य मापदण्ड अपनाई विद्यालयलाई सिकाई केन्द्र बनाएर विद्यालय संचालन गर्नुपर्ने उल्लेख गरिएको छ । एउटा विद्यालयमा दिनमा तिन समुह बनाएर कक्षा संचालन गर्दा कोरोनाको त्रास नहुने आसयको पत्र प्याब्सनका सल्लाहाकार बासुदेव घिमिरेले पढेर सुनाउनु भएको थियो।
यसैबीच कार्यक्रममा सहभागिले प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे विद्यालयप्रति अनुदार हुनुको कारण के हो ? भन्ने प्रश्न गरेका थिए । विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेकाले यति वेला प्रहरी प्रशासनको व्यवहार विरूद जनमत वढेको जनता माविका प्राचार्य रमेश पन्थीले वताउनु भयो।जनता माविका प्राचार्य रमेश पन्थी बाणगंगा माविका प्राचार्य राम जनता माविका प्राचार्य रमेश पन्थीले भण्डारी, बाल मावि वैरियाका प्राचार्य अर्जुन शाही, प्याबसनका केन्द्रिय सचिवालय सदस्य सर्वेन्द्रदेव खनाल, प्याबसन उपाध्यक्ष सुन्दर पाण्डे, ज्ञानपुञ्जका प्रबन्ध निर्देशक रोमाकान्त घिमिरे, लगायतले जिल्लामा अन्य सबै कुराहरु खुल्ने तर विद्यालय बन्द नै गर्नु पर्ने स्थिति किन आयो ? सिडिओ विद्यालयप्रति किन उदार हुन सक्नु भएन ? भनी प्रश्न गरेका थिए ।
पालिकाहरुले दुई तिन सय मान्छे राखेर राख्दा कोरोना नसर्ने, बजार खुल्दा कोरोना नसर्ने, होटलहरुमा कार्यक्रम र वैठक सेमिनार हुँदा कोरोना नसर्ने, सरकारी कार्यालयको भीँडमा कोरोना नसर्ने, गाडी चल्दा कोरोना नसर्ने तर विद्यालय खुल्दा कोरोना सर्छ भनेर किन विद्यालयलाई भनिएको छ ? के विद्यालयबाट मा कोरोना सर्ने हो भन्दै उनीहरुले आक्रोश पाखेका थिए ।विद्यालयलाई बन्धक राख्ने प्रशासनको निर्णयले जिल्लाका हजारौँ विद्यार्थीको भविष्य अन्धकारमय भएको उनीहरुले बताएका थिए। बुद्ध आवाज टेलिभिजनले विदधालय खोल्न आन्दोलनको तयारी के गरलान सिडियोले दमन की संचालन अनुमति? शिर्षकमा सिडियो चक्रपाणी पाण्डे सहितको धारणा सार्वजनिक गरिसकेको अवस्थामा यो कार्यक्रम भएको हो। यसलाई एक सकारात्मक उपलब्धि मान्नुपर्छ। एक हप्ताभित्र विधालय खोल्न छलफल समाचारले ल्याइएको हलचल हो भन्ने पुष्टि हुन्छ।
प्रतिक्रिया