पर्यटन

कपिलवस्तुको स्वास्थ्यमा नयाँ फड्को : २ करोडको प्रदेश स्तरीय प्याथ ल्याव शुभारम्भ



कपिलवस्तु १५ भदौ । कपिलवस्तुको जिल्ला मै ठूलो र प्रथम हाईटेक प्याथ ल्याव प्रालि सञ्चालनमा आएको छ । सोमबार पूर्बमन्त्री चक्रपाणी खनाल बलदेब र लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले सामुहिक रुपमा प्रालिको एक समारोहका बिच प्रालिको समुदघाटन गर्नुभएको हो । उक्त उद्घाटनको अवसर पारि १५ दिनसम्म होलबडी चेकअपमा २० प्रतिशत ,थाईराईड जाँचमा २० प्रतिशत र सम्पूर्ण जाचमा पनि २० प्रतिशत छुटको ब्यवस्था गरिएको जनाईएको छ।

 धेरै प्रकारका रोगहरु परिक्षण व्यवस्था गरि विरामीलाई काठमाण्डौं बुटवल जानु पर्ने बाध्यताको अन्त्य गर्न ल्याव सेवा सञ्चालनमा ल्याईएको सञ्चालक डा. धर्मराज भट्राईले जानकारी दिनुभएको छ । स्वास्थ्य परिक्षण तथा ल्याव सम्बन्धि सेवा र सुविधालाई मध्यनजर गर्दै व्यवस्थित अत्याधुनिक प्रयोगशाला र दक्ष प्राविधिक सुविधा रहेको दाबी सञ्चालकको छ । 

थाईराईडका अतिरिक्त क्यान्सर, मुटु सम्बन्धि,पाठ्यघर सम्बन्धी सम्पूर्ण सेवा  लगायतका रोगको रक्त परिक्षण गरिने भट्टराईले बताउनुभयो ।ल्याव सञ्चालनको लागि करिब २ करोड सञ्चालमा आएको सञ्चालकको दाबी रहेको छ । यसप्रकारको ल्याव संचालनमा आएपछि स्वस्थ जाँच गर्न सहज हुने छ ।

प्रकाशित : १४ भाद्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६