पर्यटन

खानेपानी आयोजनाको ट्रान्सफर्मर चारी ,जगदिशपुर क्षेत्रवाट शंकास्पद चोर पक्राऊ



कपिलवस्तु १५ भदौ । पर्यटकिय क्षेत्र जगदिशपुरमा रहेको खानेपानि आयोजनाको विधुत ट्रान्सफरमर चोरी भएको छ। ५० केभिए क्षमताको करिव ५ लाख मुल्य पर्नै उक्त ट्रान्सर्पmरमर  सोमवार राती चोरी भएको हो।जगदिशपुर क्षेत्रको सुरक्षाको निम्त्ति बस्दै आएको प्रहरीको अस्थायी चौकी भन्दा एकसय मिटर नजिकबाट उक्त चोरी भएको हो। प्रहरीले भने अर्काेदिन विहान मात्र स्थानीयले वताएपछि चाल पाएको वताइन्छ । 

सो क्षेत्तमा यस अघि पनि चोरीका बिभिन्न घटनाहरु हुदै आएका छन्। चोरीमा संलग्नलाई प्रहरीले प्रक्राउ  गर्ने  र राजनैतिक दवाबमा कारवाही नगरी छाड्ने गर्दा चोरीका घट्ना बढ्दै गएको स्थानियहरुको भनाई छ । ईलाका प्रहरी कार्यलय पिपराका निरिक्षक दिनेश गुरुंङका अनुसार शंंकास्पद चोरहरु पहिचान गर्ने क्रममा केहिलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ।चोरीका घटनामा संलग्न सम्भावित चोरहरुको बारेमा समयमै जानकारी दिन उहाँले स्थानीयमा अनुरोध समेत गर्नु भएको छ। 

यसैविच सो क्षेत्रमा पब्जी गेम खेलिरहेका व्यक्तिहरु रहेको स्थान मै  लागुऔषध कारोवर भई रहेको सूचना पाएको प्रहरीले  आधा दर्जनलाई लागु औषध सहित नियन्त्रणमा लिएको छ । निरीक्षक गुरुङका अनुसार पर्यटकिय क्षेत्र जगदशपुर  आसपासमा देखा परेका विकृतिलाई कडाईका साथ नियन्त्रण गर्न प्रहरीले कुनै कसर बाकिँ नराख्न चाहेपनि स्थानीयले सही समयमा सही सूचना नदिने र पछि गएर प्रहरीलाई दोषारोपण गर्ने गरेको वताउनु भयो ।

प्रकाशित : १५ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६