जीवनशैली

बुद्धभूमीमा बिधार्थीको कोरोना परीक्षणपछि बिद्यालय खोल्ने सहमति



कपिलवस्तु १६ भदौ । बुद्धभुमि नगरपालिकाले कोभिड १९ रोकथाम  नियन्त्रण तथा विद्यालय संचालनको  बिषयमा छलफल गरेको  छ। छलफलमा कसरी यसको रोकथाम गर्ने , विद्यालय कहिले बाट संचालन गर्दा उपयुक्त हुन्छ र कस्ता लक्षण देखिएका बिधार्थिमा एन्टिजेन परीक्षण गर्ने भन्ने विबिध बिषयमा छलफल गरीएको हो। बुधवार १० वटै वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंमसेबिका,बिधालयका शिक्षकहरु तथा हेल्थपोष्ट  इन्चार्जहरु लगाएतलाई भेला गरि यस बिषयमा छलफल गरिने कार्यक्रम रहेको  स्वास्थ्य  शाखा प्रमुख खुबि राम खनालले जानकारी दिनुभयो। 

त्यसैगरी आउदो २६ गतेदेखि सबै बिधालयमा गई बिधार्थीको स्वास्थ्य स्थिती अनुसार रुघाखोकि, ज्वरो ,टाउको दुखेका आदि कोभिडसंग मिल्दा जुल्दा लक्षण देखिएकाको  पिसिआर परिक्षण गरिने तय गरेको उहाले जानकारी दिनुभयो। उहाले परिक्षण गरीएका सम्पुर्ण किट जिल्ला स्वास्थ्य कार्यलयमा पठाउने र रिजल्ट पश्च्चात बिधालय खोलिने नखोलिने निर्णय हुने जानकारी दिनुभयो।

पोजेटिभ देखिएका बिधार्थी र नेगेटिभ देखिएका बिधार्थीको छुट्टै खाल्को व्यवस्था गरी बिधार्थीलाई पढाउन सकिने समेत जानकारी दिनुभयो।आजको कार्यक्रममा मेयर केशब कुमार ऋेष्ठ र प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलको बिशेष उपस्थित रहेको आयोजकले जनाएको छ।

प्रकाशित : १५ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६