पर्यटन

जनगुनासो विहिन काम गर्न मेयर कलामको आग्रह



कपिलबस्तु १८ भदौ । कपिलबस्तुको महाराजगंज नगरपालिकामा स्वास्थ्य संस्थाहरुको पालिका स्तरिय बार्षिक समिक्षा गोष्ठी शुरु भएको छ ।कार्यक्रममा महाराजगंज नगरपालिकाका नगर  प्रमुख अब्दुल कलामले नगरवासीलाई अधिकतम सेवा दिने काममा दत्तचित्त भएर लाग्न आग्रह गर्नुभएको छ । उहाँले नगरवासीका गुनासो नआउने गरी काम गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।

नगरप्रमुख कलाम भन्नुभयो –‘सकेसम्म छिटो र छरितो ढंगले नगरवासीको काम होस् भन्ने कुरामा सबैले जोड दिनुपर्छ ।’उहाँले कोरोना संक्रमणका कारण सोचेजति काम गर्न नसकिए पनि नगरपालिकामा धेरै काम गरेको दाबी गर्नुभयो नगरपालिकाले ३ ठाउँमा आईशोलेशन सेन्टर स्थापना गरि नगरवासीलाई सेवा उपलब्ध गराईएको बताउनु भयो । नगरवासीहरुलाई सुलभ तरिकाले सेवा उपलब्ध गराउने उद्देश्यका साथ २ वटा एम्बुलेन्स खरिद गरिए सञ्चालन गरिएको नगर प्रमुख कलामले बताउनु भयो ।महाराजगंज नगरपालिका अर्न्तग रहेका ११ वटा स्वास्थ्य संस्थाहरुको आर्थिक बर्ष २०७५ः७६ देखी २०७७÷७८ सम्माको प्रगति प्रतिवेदन पेश गर्ने उद्देश्यको साथ कार्यक्रम आयोजना गरिएको  महाराजगंज नगरपालिकाको नगर स्वास्थ्य संयोजक ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।

प्रकाशित : १८ भाद्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६