प्रदेश

स्वर्गीय शेखर भुसालको स्मृतिमा बिद्यालयमा ‘अक्षयकोष’ स्थापना



कपिलवस्तु, १८ भदौ।बाणगंगा नगरपालिका–६ भगलापुरका युवा समाजसेवी स्वर्गीय शेखर भुसालको स्मृतिमा लक्ष्मणघाट माध्यमिक विद्यालयमा एक लाखको अक्षयकोष स्थापना भएको छ । विद्यालयका पूर्व विद्यार्थी स्वर्गीय भुसालको सम्झनामा उहाँका परिवारजनले कोषको स्थापना गर्नुभएको हो ।

विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहनुभएका स्वर्गीय भुसालका बुवा धर्मराज भुसाल, आमा निर्मला भुसाल र श्रीमती विन्दु अर्याल (भुसाल)ले संयुक्त रुपमा उक्त कोषको स्थापना गर्नुभएको हो ।स्वर्गीय भुसालको दास्रो वार्षिक पुण्य तिथीको अवसर पारेर विद्यालयका अध्यक्ष हुमनाथ भट्टराई, प्रधानाध्यापक चेतनाथ पौडेल र सहायक प्रधानाध्यापक खमेन्द्र बहादुर मल्ललाई कोष स्थापनार्थ एक लाखको चेक हस्तान्तरण गरिएको छ ।

सो अवसरमा स्वर्गीय भुसालका वुवा धर्मराज भुसालले स्वर्गीय छोराको औपचारिक शिक्षा आरम्भ भएको तथा आफुले करिब चार दशक लामो अवधी सेवा प्रदान गरेको विद्यालयलाई सहयोग पुग्ने गरी लक्ष्मणघाट माविमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको बताउनुभयो ।विद्यालयका प्रधानाध्यापक चेतनाथ पौडेलले स्वर्गीय शेखर भुसाल एक जेहेन्दार विद्यार्थी रहेको स्मरण गर्दै उहाँको नाममा स्थापना भएको अक्षयकोषबाट जेहेन्दार तथा गरिब विद्यार्थीहरुलाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गरिने बताउनुभयो ।

घरबाट बुटवलतर्फ जाने क्रममा २०७६ साउन ३२ गते बाणगंगा–१ बुङ्चीमा सवारी दुर्घटनामा पर्नुभएका स्वर्गीय भुसालको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा २०७६ भदौ ६ गते ३६ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित : १८ भाद्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६