जीवनशैली

शिक्षामा नीजि क्षेत्रलाई राज्यले विभेद गरेको सांसद पन्थिको तर्क



कपिलवस्तु २० भदौ । सांसद  बिष्णु पन्थीले राष्ट्रिय शिक्षाको अवस्था सुधारमा भुमिका खेले पनि निजी बिद्यालयलाई राज्यले बिभेद गरेको बताएका छन । कपिलवस्तुको बाणगंगा नगरपालिकाको ओदारी स्थित स्काई लार्क ईग्लिस बोर्डिङ्ग स्कुलद्वारा आयोजित तिन दिने मन्टेश्वरी तालिम तथा वर्कसप समापनका अवसरमा प्रदेशसभा सदस्य पन्थीले सो बिचार व्यक्त गरे । निजी क्षेत्रका बिद्यालय हटे शिक्षाको गुणस्तर खस्किने उनको भनाई थियो ।

 राज्यको बिभेदपुर्ण हेराईका बिच पनि आफुहरुले शिक्षामा आमुल परिर्वतन गर्न सक्नेमा बिश्वस्त रहेको बिद्यालयका प्राचार्य तोलाकान्त डुम्रेले बताए । अहिले निजी बिद्यालयको आर्थिक अवस्था धरासायी भए पनि आत्म बिश्वास कायम राखिएको उनको भनाई थियो । शिक्षण बिधी सहि बनाउन तालिमले सहयोग पुर्याउने प्याब्सनका केन्द्रिय सचिवालय सदस्य शवेन्द्रदेव खनालले बताए । तालिमले बिद्यालयको सिर्जनात्मक कार्य बृद्धि हुनेमा सञ्चारकर्मी चन्द्रकान्त न्यौपाने,सरोज अर्याल र प्रशिक्षक साधना भण्डारीको सुझाव थियो । 

अभिभावकको भरोसा र चाहना अनुसारको शिक्षा प्रदान गर्न आफुहरु प्रतिबद्ध रहेको बिद्यालयका प्रमुख सल्लाहकार रबि काफ्लेले बताए । सहभागी शिक्षीकाहरु दिपीका बज्राचार्य र यशोदा जिसीले तालिममा सिकेको सिपको प्रयोगले सिकाई प्रभावकारी बन्ने बताए । शिक्षकको प्रतिभा प्रष्फुटन गर्न तालिम आयोजना गरिएको बिद्यालयका एकेडेमिक ईन्चार्ज ध्रुब प्रसाद पौडेलले बताए । शिक्षक केसव पुरीको सञ्चालनमा सम्पन्न समापन कार्यक्रममा तालिमका सहभागी र अभिभावकको सहभागीता रहेको थियो । 

प्रकाशित : १९ भाद्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६