अन्तर्राष्ट्रिय

भारतीय बाँध महली सागरको डुवान नेपाल सरकारको चासोमा परेन



कपिलवस्तु २१  भदौ । भारतले निर्माण गरेको महली सागर बाँधका कारण हरेक वर्ष नेपाली धान खेत डुबानमा पर्ने गरेको छ । भारतले एक पक्षीय ढंगबाट निर्माण गरेको बाँधका कारण सीमा क्षेत्रका करिब तीन सय हेक्टर धान डुबानमा परेको हो । यशोेधरा गाउँपालिकाको लोहरौली गाँउदेखि भारतीय सीमा क्षेत्र सम्म र सोही गाउँपालिकाका र भगवानपुर गाँउदेखि पूर्व रंगपुर गाउँसम्मको खेतीयोग्य धान खेत डुबानमा पर्ने गरेका छन् ।

नेपाल तर्फको मसैया नालाबाट आएको पानीलाई भारतीय पक्षले सीमा क्षेत्रमा महलीसागर बाँधको निर्माण गरेर पानी रोक्न थालेपछि वर्षौंदेखि कृषकहरुले डुबानको समस्या भोग्दै आएका हुन् । भारतले नेपाली भूमिमा बाँधको पानी जम्मा गर्ने र आवश्यकता अनुसार भारतीय खेत सिंचाई गर्न पानीको उपयोग गर्दै आएको छ । बांधको निर्माणबाट भारतीय कृषकहरुलाई सिंचाई सुविधा प्राप्त भएको तर यहाँका कृषकहरुले भने नोक्सान भोग्दै आएको डुबानपीडित कृषकहरु बताउँछन् ।

यस वर्ष पनि कृषकले रोपेको धान गलेका कारण चौंथो पटकसम्म पनि रोपाईं गरेका छन् । उनीहरुलाई यसरी पटक पटक रोपेको धान डुबानका कारण गलेर पूर्ण नष्ट हुने हो कि भन्ने चिन्ता छ । महली सागर बाँधको डुबानका कारण उत्पन्न समस्या समाधानका लागि स्थानीय तहबाट वर्षेनी आवाज उठाउँदै आए पनि समस्या समाधान गर्नको लागि पहल नभएको यशोधरा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लईस पठानले बताउनुभयो ।

प्रकाशित : २० भाद्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६