प्रदेश

लुम्बिनी : सबै सांसदलाई मन्त्री चाहिएपछि मन्त्रीमण्डल बिस्तार अन्योलमा



रुपन्देही २३  भदौ । अधिकांस सांसदलाई मन्त्री बनाउने आश्वासन सहित बहुमत पुराएको गठबन्धले मन्त्रीमण्डललाई पूर्णता दिनवाट हिचकिचाएको छ । जसका कारण मौजुदा मन्त्रीहरुकै कार्यभार हेरफेरमै सरकार अलमलिएको सत्ता गठबन्धनकै एक नेताले वताएका छन् । पहिला सबैलाई आश्वासन दिनेकाम भयो अहिले सबैलाई मन्त्री बनाउन सक्ने कुरा भएन । मन्त्री नबन्दा साथ नयाँ बिद्रोह हुन सक्ने भएकाले मन्त्रीमण्डल विस्तार रोकिदै आएको छ ती नेताले प्रेसपाटीलाई वताए । 

सोही अनुसार लुम्बिनी प्रदेशमा मन्त्रीविहिन बनेका मन्त्रालयमध्ये थप तीन मन्त्रालयको जिम्मेवारी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई दिइएको छ। मन्त्रिपरिषदको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले थप तीन मन्त्रालयको जिम्मा चौधरीलाई दिएका हुन्। नियमित काममा समेत अलमल भएपछि गठबन्धनले तत्कालका लागि ती मन्त्रालयको जिम्मेवारी चौधरीलाई दिएको हो। मन्त्रिमण्डल विस्तार अघिसम्म आफूले यी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मन्त्री चौधरीले बताए।

यता बजेटको तयारी गर्नका लागि आफूलाई थप तीन वटा उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, वन वातावरण तथा भु–संरक्षण मन्त्रालय र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी आएको मन्त्री चौधरीले बताए।गठबन्धनका नेताले सार्वजनिक खपतका लागि बजेटका कारण सरकारले पूर्णता नपाएको वताउने गरेकाछन् । सरकारलाई सांसदले विद्रोह गरेभने बजेट संशोधन फेल हुन सक्ने डर छ त्यसैले मन्त्रीमण्डल विस्तार रोकिदै आएको छ । मन्त्री चौधरीले मुख्यमन्त्री कुलप्रसाद केसीले सम्हाल्दै आएका मध्येका तीन मन्त्रालयको बजेट र कार्यक्रम संशोधनको काम गर्ने बताए।

प्रकाशित : २२ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६