अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च



सिड्नी, १७ कात्तिक (रासस/सिन्ह्वा):
मध्यपूर्वको द्वन्द्वका कारण इन्धन र वस्तुको मूल्य बढेपछि अस्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ मा पाँचौँ पटक ब्याजदर वृद्धि गर्दै ४.८५ प्रतिशत पु¥याएको छ । यो सन् २००८ यताकै उच्च दर हो । अस्ट्रेलियाको रिजर्भ बैंकले मङ्गलबार दुईदिने मौद्रिक नीति बैठकपछि ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउने निर्णय गरेको हो । यसअघि फेब्रुअरी, मार्च, मे र सेप्टेम्बरमा पनि समान दरले वृद्धि गरिएको थियो । अक्टोबरमा सार्वजनिक तथ्याङ्कअनुसार वार्षिक मुद्रास्फीति अगस्टको चार प्रतिशतबाट बढेर सेप्टेम्बरमा ४.३ प्रतिशत पुगेको थियो । बैंकले प्राथमिकता दिने अन्तर्निहित मुद्रास्फीतिको सूचक पनि ३.५ बाट बढेर ३.६ प्रतिशत पुगेको छ । बैंकको लक्ष्य मुद्रास्फीतिलाई दुईदेखि तीन प्रतिशतमा सीमित राख्नु हो । मौद्रिक नीति बोर्डले मध्यपूर्वको द्वन्द्व र विश्वव्यापी तेल आपूर्तिमा अवरोधका कारण ऊर्जा मूल्य तथा मुद्रास्फीतिमा दबाब कायम रहने जनाएको छ । मुद्रास्फीति सन् २०२७ को अधिकांश समय उच्च रहने र त्यस वर्षको अन्त्यसम्म मात्र लक्ष्यको माथिल्लो सीमामा फर्कने अनुमान गरिएको छ । ब्याजदर वृद्धिको निर्णय नौ सदस्यीय बोर्डमा छ जनाको समर्थनमा भएको थियो । तीन सदस्यले भने दर ४.६० प्रतिशतमा कायम राख्नुपर्ने मत दिएका थिए । गभर्नर मिचेल बुलकले परिवारका लागि यो निर्णय कठिन भए पनि मुद्रास्फीति नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । अर्थमन्त्री जिम चाल्मर्सले मध्यपूर्वको द्वन्द्वले महँगी र आर्थिक वृद्धिमा दबाब सिर्जना गरिरहेको बताउनुभयो । बोर्डले डिसेम्बरको सुरुमा पुनः ब्याजदरबारे निर्णय गर्नेछ । युबिएस अस्ट्रेलियाका प्रमुख अर्थशास्त्री जर्ज थारेनोले भने आगामी बैठकमा ब्याजदर यथावत् रहने अपेक्षा गर्नुभएको छ ।

प्रकाशित : १८ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६