पर्यटन

बन्द बिधालय सोमबारवाट खोल्ने सहमति



घोराही,२५भदौ। अन्तराष्ट्रिय साक्षरता दिवसको अबसरमा महामारीमा शैक्षिक क्षेत्र र यसका आर्थिक सामाजिक असरका विषयमा घोराहीमा सरोकारवाला बिच छलफल भएको छ ।                              घोराही उपमहानगरपालिका र शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल समन्वय समिति दाङको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुले अब विद्यार्थीको भौतिक उपस्थितीमै विद्यालय सञ्चालन गर्नुको बिकल्प नभएको बताएका छन् ।          विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक संगठनका पदाधिकारी एवं विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधीहरुले विद्यार्थीको भौतिक उपस्थिती मै विद्यालय सञ्चालन गर्नुको बिकल्प नभएको बताएका हुन् ।कोरोना महामारीले शैक्षिक क्षेत्रलाई दिर्घकालिन असर पुर्‍याएको भन्दै आबस्यक सुरक्षा मापदण्डको पालना गरि विद्यालय खोल्नु पर्नेमा उनिहरुले सुझाब दिएका हुन् । दशै लगाएत अन्य विभिन्न सार्वजनिक बिदालाई कटौती गरेर भए पनि विद्यार्थीलाई पढाउने तर्फ सबैले ध्यान दिनुपर्नेमा समेत उनिहरुको जोड छ ।                  घोराही उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवालाहरुले उमेर पुगेका विद्यार्थीलाई कोरोना खोप लगाउने र अन्यको हकमा विषेश साबधानी अपनाएर विद्यालय खोल्नुपर्ने बताएका हुन् ।स्वास्थ्य सुरक्षा मापदण्डको पालना र अनुगमनलाई प्रभावकारी बनाउन सुझाब दिएका छन् । सहभागिहरुले अब तिज लगत्तै विद्यालय खोल्नुपर्ने बताएका छन् ।   कार्यक्रममा घोराही उपमहानगर पालिकाका प्रमुख नरुलाल चौधरीले नगर भित्रका विद्यालय खोल्ने अनुमतीका लागि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रमा पत्र पठाएको बताए ।आफुहरु पनि यही भदौ २८ गते देखी विद्यालय खोल्ने पक्षमा रहेको उनको भनाई छ । त्यसैगरी, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल समन्वय समितिका अध्यक्ष रुपलाल चौधरीले सबैको सहमती र सुरक्षित बाताबरणमा विद्यालय खोल्ने तर्फ लाग्नुपर्ने बताए।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६