काठमाडौ १ असोज । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको खोप शुक्रबार एकै पटक काठमाडौंमा आइपुगेको छ। आगामी सोमबार (४ असोज) देखि (१८) बर्ष भन्दा माथी का नागरिकलाई लगाउन थालिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारले सिनोफार्मसँग एक करोड (पहिलो चरणमा ४० लाख र दोस्रो चरणमा ६० लाख) खोप खरिद गरेको थियो । खरिद गरेको सबै खोप नेपालमा आइपुगेको छ ।
प्रतिक्रिया