जीवनशैली

सामुदायिक वन अधिकार सम्मेलन हुने



दाङ २असोज।  सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा असोज ८ गते तुलसीपुरमा सामुदायिक वन अधिकार सम्मेलन हुने  भएको छ । सामुदायिक वनका अधिकारका बिषयमा खवरदारी गर्न सम्मेलन हुन लागेको हो । असोज ८ गतेदेखि तीन दिनसम्म तुलसीपुरमा हुने सामुदायिक वन अधिकार सम्मेलन सहित सामुदायिक वन उपभोक्ता महासंघको राष्ट्रिय कार्यसमितिको छैठो बैठकलाई सफल पार्न बिहिवार घोराहीमा तयारी बैठक भएको हो।

 सामुदायिक वन उपभोक्ता महासंघ दाङका प्रवक्ता हेमराज शमका अनुसार  बैठकले सम्मेलनमा सामुदायिक वनका उपभोक्तासहित वन अधिकारकर्मी तथा सरोकारवालाहरुका उपस्थिति, कार्यक्रमका ब्यवस्थापन, सवालगत छलफल तथा स्थानीय तहमा देखिएका समस्यालाई सम्मेलनमा प्रस्तुत गरी निष्कर्षमा पुग्ने निर्णय समेत गरेको छ । 

बैठकले जिल्ला महासंघका कोषध्यक्ष कमलराज पोख्रलको संयाजकत्वमा आर्थिक उपसमिति, जिल्ला सदस्य नवराज शर्माका संयोजकत्वमा सहभागि ब्यवस्थापन उपसमिति, प्रदेश उपाध्यक्ष तिलक भण्डारीको संयोजकत्वमा ब्यवस्थापकिय उपसमिति र सचिव जानका केसीको संयोजकत्वमा अतिथि स्वागत उपसमिति गठन गरेको छ ।

प्रकाशित : १ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६