प्रदेश

अस्पतालका सटरमा किन लगाइयो डोजर ?



वाँके २ असोज । अस्पताललाई कुरुप बनाउने गरी भेरी अस्पताल नेपालगन्जको जग्गामा निर्मित सटरहरु शुक्रबार भत्काइएको छ । यसअघि बर्षौदेखि अस्पतालले आफ्नो जग्गामा बनेको सटर भत्काउने प्रयास सफल हुन सकेको थिएन । खासगरी अस्पतालका सटरमा यसअघि नियम विपरित औषधी पसल, प्रयोगशाला समेत राखिएका थिए । पटकपटक अस्पतालले सटर खाली गर्न गरेको प्रयास सफल भएको हो ।

अस्पताल प्रशासनले अस्पतालमा रहेका सटर खाली नगरेपछि बुधबार ताला लगाएको थियो । त्यसपछि सटरमा रहेको मालसामान झिक्न समय दिएको अस्पतालले शुक्रबार डोजर लगाएको अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी छन् ।अस्पतालले यसअघि नै सटर भत्काएर अस्पताल सौन्दर्यीकरणका लागि आवश्यक डिपिआरका लागि सरोकारवाला निकायमा पत्र पठाइसकेको छ ।

प्रकाशित : २ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६