पर्यटन

होटलमा बोलाएर मापसे, यौन हिंसाको आरोप लगाई १८ लाख असूली गर्ने ३ महिला पक्राउ



दाङ, ३ असोज । होटलमा बोलाएर मापसे, यौन हिंसाको आरोप लगाई १८ लाख असूली गर्ने ३ महिला पक्राउ  परेकाछन ।हनि ट्रयाप’ मा पारेर १८ लाख रुपैंयाँ असुलेको आरोपमा प्रहरीले दाङबाट तीन महिलालाई पक्राउ गरेको छ । पुरुषलाई होटलमा बोलाएर ‘हनि ट्रयाप’ मा पारी रकम असुलेको आरोपमा प्रहरीले दाङ घोराही उपमहानगरपालिका–१५ का ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुस्मा परियारलाई पक्राउ गरेको हो ।उनीहरुले होटलमा खाजा खान बोलाएर यौन दुर्व्यवहार गरेको भन्दै झुटो आरोप लगाएर १८ लाख रुपैयाँ असुलेको भन्दै पीडितले प्रहरी कार्यालयमा जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।  ती पुरुषलाई कोहीनुर रेष्टुरेन्टमा बोलाएर शुरुमा बियर र मासु खाएका थिए । पछि महिला मातेपछि बिल तिरेर जान खोज्दा पनि उनीहरु होटलबाट निस्कन नमानेको र उल्टै आफूमाथि महिलाले ‘मेरो इज्जतमा हात हाल्ने’ भन्दै जवरजस्ती करणीको मुद्दा हाल्छु भन्दै धम्क्याएका थिए ।गत असार ६ गते बेलुका त्यति भइसकेपछि आ–आफ्नाे घरतर्फ गएका थिए । तर ७ गते सीतादेवीले मुद्दा दर्ता गर्छु भन्दैछ, तपाईले मिलाउनु पर्छ हामी पनि मिलाउँछौं भन्दै खुमाले ती पुरुषलाई बोलाएको बताइएको छ ।                               यो मुद्दा प्रहरी कार्यालय पुग्न नदिनका लागि केही पैसा दिनु पर्ने उनीहरुको शर्त थियो । आफ्नो मान प्रतिष्ठामा असर गर्छ भन्दै केही पैसा दिन उनी तयार भएका थिए । तर महिलाहरुले ती पुरुषसँग ५० लाख रुपैयाँ माग गरेका थिए ।एक लाख रुपैयाँ नगद त्यतिबेलै दिएका उनले १७ लाख रुपैयाँको चेक दिएका थिए ।       प्रहरीले सीतादेवीको कोठाबाट उक्त रकम र चेक समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यसरी गैरकानुनी तरिकाले चरित्र हत्या गर्ने तथा आपराधिक लाभ लिनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित : ३ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६