प्रदेश

प्रदेशमा संविधान दिवस : मुख्यमन्त्रीको संवोधनमा एमाले अनुपस्थित



रुपन्देही ४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले संविधानको रक्षा र कार्यान्वयनका लागी सबै राजनीतिक दलहरु एक भएर दह्रोसंग लाग्नुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको संविधान दिवस–२०७८ कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले नेपाली जनता र शहिदहरुको सपना पुरा गर्न बनेको संविधानको रक्षा र कार्यान्वयन गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर लाग्नुपर्ने बताउनुभयो । 

उहाँले नेपाली जनताको बलिदानीले ल्याएको लोकतन्त्रको रक्षाको निम्ति सम्पूर्ण राजनीतिक दलले स्वामित्व लिनुपर्ने बताउदै संविधानको रक्षा र कार्यान्वयनका लागी कोही पनि पन्छिन नहुने जिकिर गर्नुभयो । मुख्यमन्त्री केसीले  संविधानले सबैको हक,अधिकार सुनिश्चित गरेको दाबी गर्नुभयो । 

उहाँले जात,जाति,भाषा,रङ्ग र पहिचानका आधारमा कोही पनि विभेदमा नपरेको बताउनुभयो । केसीले संविधानले मौलिक अधिकारको ग्यारेन्टी गरेको बताउनुभयो ।मुख्यमन्त्री केसीले संविधान कार्यान्वयनका लागी केही चुनौतिहरु आए पनि राष्ट्र अब सहि ट्रयाकमा फर्किएको बताउनुभयो । कार्यक्रममा प्रदेश प्रमुख लुम्बिनी अमिक शेरचन,सभामुख पूर्ण बहादुर घर्ती मगर लगायतका उपििस्थत रहेको थियो ।

 यता लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा गरेको विशेष समारोहमा नेकपा एमाले उपस्थित भएन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा गरिएको संविधान दिवस मूल समारोहमा प्रमुख विपक्षी एमालेलाई औपचारिक निम्तो नै नगरिएका कारण अनुपस्थित भएको हो ।यस्तै सत्तारुढ गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीका तीनै जना मन्त्रीहरु पनि संविधान दिवस नमनाउने पार्टीको नीति अनुसार अनुपस्थित भए । 

मूल समारोहमा मुस्किलले एक सय जना हाराहारीको मात्रै सहभागिता देखिन्थ्यो ।समारोहमा स्थानीय तहका जनप्रतिनिधि र सरकारी कर्मचारीको उपस्थिति पनि निकै न्यून थियो । प्रमुख विपक्षी दल एमालेका सांसद एवं पूर्वमन्त्री वैजनाथ चौधरीले आफ्नो दललाई खबर नै नभएको बताए ।जनता समाजवादी पार्टी संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सहषराम यादवले वर्तमान संविधान पूर्ण नभएको र महिला, मधेशी, आदिवासी जनजाति र दलितको अधिकार स्थापित नभएकाले संविधान दिवस नमनाउने निर्णय गरिएको बताए ।

प्रकाशित : ३ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६