प्रदेश

कांग्रेस र कम्युनिष्ट आउटडेटेड, भ्रष्टाचार छानविन गर्न नागरिक आयोग : डा.लोहनी



कपिलवस्तु ५ असोज राप्रपाका अध्यक्ष तथा पूर्व अर्थमन्त्री डा. प्रकाश चन्द्र लोहनीले राप्रपाको बिचारले मात्र मुलुकले निकास पाउने बाताउँदै एनसेल काण्ड, वाइटबडी काण्ड लगायतका ठूला काण्डमा ठुलो भ्रष्टचार भएकोले नागरिक आयोग गठन गरि भ्रष्टचारीलाई कारबाही गर्नुपर्ने बताउनु भएकोछ  ।राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलबस्तुले आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा उक्त भनाई राख्नु भएको हो ।

यस्तै राप्रपाका नेता तथा नेपालगंज उपमहानगरपालिका मेयर डा. धवल शमशेरले पार्टिले एमसीसीको विरोध गर्ने बताउँदै छरिएर रहेका हिन्दुबादी तथा राजसंस्थावादी एकिकृत हुनुपर्ने बताउनुभयो । भ्रष्टचार विरुद्धको अभियानलाई निरन्तरता दिदै गए राप्रपालाई ठूलो अवसर रहेको र कांग्रेस, कम्युनिष्टको विकल्प हुने उहाँले दाबी गर्नुभयो । राप्रपा कपिलवस्तु क्षेत्र नम्बर २ बुद्धभूमि नगरकार्य समितिको आयोजनामा कार्यक्रम भएको हो । बुद्धभूमिको हरिहरपुरमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका पार्टी परित्याग गरि १५० जना राप्रपामा प्रवेश गरेका छन् । 

यस्तै कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य ध्रुब रायमाभी, जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, राप्रपाको विधार्थी संगठनका केन्द्रिय सदस्य नबराज घिमिरे लगायतले आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम राप्रपाका बुद्धभूमि नगर अध्यक्ष लिलाधर अधिकारीको अध्यक्षता र प्रेम श्ांकर सुक्लाको संचालनमा सम्पन्न भएको हो । 

प्रकाशित : ५ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६