प्रदेश

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गर्‍यो : पूर्वअर्थमन्त्री पौडेल



रुपन्देही,९ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन् । शनिबार रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको उद्घाटन गर्दै पौडेलले यस्तो बताएका हुन्।

विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन सरकारसँग माग गर्दै उनले एसियाली विकास बैंकसँग शीघ्र सम्झौता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन सचेत गराए ।

‘यो आयोजना अगाडि बढाउनका लागि सरकारले कुनै पनि प्रकारको विलम्ब गर्‍यो भने हाम्रा निम्ति मान्य हुनेछैन। हामी सशक्त ढंगले जवाफ दिनेछौँ । सेकेन्ड इन्टरनेशनल एयरपोर्टको सेकेन्ड फेजको काम सम्पन्न गर्नका लागि सरकारलाई विनाआनकानी ‘काउन्टर पार्ट फण्ड’ सुनिश्चित गर्न, एडीबीसँग यथाशिघ्र सम्झौंता गर्न र नयाँ ढंगले सेकेन्ड फेजको काम अघि बढाउनका निम्ति हामीले दबाबकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता रहेको पौडेलको भनाई छ । 

प्रकाशित : ९ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६