अर्थ-वाणिज्य

पञ्चदलिय सरकारवाट कुनै आस नगरौ: महासचिव पौडेल



रुपन्देही ९ असोज ।नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अहिलेको सरकारसँग धेरै ठूलो आशा गर्ने स्थिति नरहेको बताएका छन्।  उद्योग व्यापार संगठन रुपन्देहीको १४ औँ वर्षिक साधारण सभा तथा ७ औँ अधिवेशनलाई सम्बोधन गर्दै पौडेलले सरकार विस्तारको काम दल विभाजन सम्बन्धी अध्यादेशले रोकिएको बताउँदै सरकारमा सहभागी भएका दलहरु पनि फुट्ने अवस्था आएकाले अहिलेको सरकार विस्तार हुन नसकेको बताए।

अध्यादेश फिर्ता नभई मन्त्रिपरिषद विस्तार गरे सरकारमा सहभागी दलहरु पनि विभाजित हुने अवस्था आएको उनले बताए। पञ्चदलिय सरकारवाट कुनै आस नगरौ उनले बताए उनले चारदलीय सरकार चारतिर फर्किएको र विकासका काममा चासो नदिएको बताए। पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको कामलाई निरन्तरता दिन सरकारलाई सुझाव दिए। उनले विमानस्थलको दोश्रो चरणको कामलाई तीब्रता दिन सरकारलाई सचेत गराए। अघिल्लो सरकारले अगाडि बढाएको दोस्रो चरणको निर्माण कार्य नयाँ सरकारले ‘होल्ड’ गरेको आरोप उनले लगाए।

प्रकाशित : ९ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६