कपिलवस्तु १२ असोज । राष्ट्रिय जनगणना २०७८ ले जनसंख्याको गतिशीलता , सामाजिक विशेषताहरूको परिवर्तनलाई नीतिहरु, विकास कार्यक्रमहरु र योजनाहरुमा राम्रोसँग समाहित गर्न मद्दत गर्दछ । साथै दिगो विकास लक्ष र जनसंख्या , विकासको अन्तराष्ट्रिय सम्मेलनका कार्यान्वयनका एजेन्डाकालागि सूचना उपलब्ध गराउन राष्ट्रिय जनगणनालाई एक महत्वपूर्ण साधनको रुपमा लिन सकिन्छ ।राष्ट्रिय जनगणना २०७८ काम शुरु भएको छ । “मेरो गणना ,मेरो सहभागिता ”भन्ने मुल नाराका साथ जनगणना शुरु भएको छ ।
जनगणनाका लागि कपिलवस्तुका १० वटै पालिकाहरुमा गणनाको काम शुरु भएको छ ।यसका लागि जिल्लाका सबै पालिकाहरुमा १ सय ३९ जना सुपरिवेक्षक खटाइएको जिल्ला तथ्यांक कार्यालयका प्रमुख नन्दलाल कुर्मीले बताउनु भयो । सबै पालिकाहरुमा सुपरिवेक्षकको लागि आबेदन खुला गरि सोहि अनुसार सुपरीवेक्षकलाई खटाइएको उहाँले जनाउनु भयो । महिलाको लागि सम्बन्धित पालिकाबाट ५० प्रतिशत आवेदन माग गरिएता पनि महिलाको आवेदन कम आएकाले १ सय ३९ जनामा ६० जना महिला राखिएको उहाँले बताउनु भयो ।
सुपरीवेक्षकहरुले भाद्र ३० गते देखि असोज १८ गते सम्म प्रत्येकको घरमा पुगेर घरको सुचिकरण गर्ने छन । जुन घरमा मानिसहरु बस्छन , उक्त घरमा नम्बरिङ गरिनेछ । घर मुलीलाई केही प्रश्न सोधिने छ । परिवार घरमुलीको नाम , परिवारको संख्या , परिवारले गर्ने पेशा , सिप तालिम लगायतका विषयमा प्रश्नहरु सोधिने छ ।
सुपरिवेक्षकहरुले घरको सुचिकरण गर्ने काम सकिएपछि पुन गणकहरु नागरिकको घरमा पुग्ने छन । कात्र्तिक २५ गते देखि मंसिर ९ गते सम्म मुख्य गणना हुने छ । एउटा गणकले घरमा धैरै प्रश्नहरु सोध्ने छन । सुचिकरणको आधारमा गणकहरु जानेछन । गणकहरुले प्र्रत्येक घरमा सबै बिबरण लिने छन । जाति , भाषा , धर्म , स्वास्थ्य , बसाई सराई , रोजगार , बेरोजगार लगायतको सम्पुर्ण बिवरणहरु गणकहरुले लिने छन । गणकको रिजल्ट आए पछि मात्र उहाँहरुलाई काममा खटाइने प्रमुख कुर्मीले बताउनु भयो ।
जनगणनाको बारेमा प्रत्येक पालिका र वडाहरुमा जानकारी पठाइएको जिल्ला तथ्यांक कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला गणना समन्वय समिति बनेको छ भने हरेक पालिकाहरुमा पनि प्रशासकिय अधिकृतको संयोजकत्वमा जनगणना समन्वय समिति बनेको छ । त्यस्तै वडाहरुमा पनि वडा अध्यक्षको संयोजकत्वमा समिति बनेको छ ।
सोहि समितिले जनगणनाको बारेमा अनुगमन गर्ने छ । पालिकाहरुमा काम भए नभएको अवस्थाबारे समितिले हेर्ने छ । समितिले दश वर्षमा एक पटक जनगणना गरिने प्रावधान अनुसार यस वर्ष जनगणना गरिन लागेको हो । २०६८ सालको जनगणनामा जिल्लामा ५ लाख ७१ हजार ९ सय ३६ जनसंख्या रहेको थियो । जसमा महिलाको संख्या २ लाख ८६ हजार ३ सय ३७ रहेको थियो । राष्ट्रिय जनगणना २०७८ को समग्र लक्ष्य देशको नयाँ संघीय संरचना अनुसार संघीय, प्रादेशिक र स्थानीयतह स्तरका लागि विभिन्न क्षेत्रगत नीति निर्माण र योजना तर्जुमाको लागि उच्च गुणस्तरको जनसंख्या र आवासको तथ्याङ्क समयमै उपलब्ध गराउनु रहेको छ ।








प्रतिक्रिया