कपिलवस्तु,१२ असोज । पूर्व पश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको वाणगंगा नगरपालिका चारनम्वरमा आज विहान करिव ५ वजे तिर रुकुमबाट काठमाण्डौं जांदै गरेको बा ४ ख २४४८ नम्वरको बस र नम्वर लगाउन चारनम्वर आउदै गरेको लु १ ज ३००६ नम्वरको विङगर एक आपसमा ठोकिदा बसमा सवार ३ र विङगरका २ जना घाइते भएका छन ।
घाइतेहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना के कति कारणले भयो अनुसन्धान भैरहेको इलाका प्रहरीले कार्यलय पिपराले जनाएको छ । थप विवरण आउन बाकि रहेको प्रहरीले बताएको छ ।








प्रतिक्रिया