प्रदेश

स्थानीय सरकार बजार अनुगमनमा प्रभावकारी बन्दै गएको तथ्य प्रस्तुत



कपिलवस्तु १२ असोज  । वाणगंगा नगरपालिकाका सामाजिक विकास समितिका प्रमुख एवं वडा नं ५ का वडाअध्यक्ष भिष्मराज भुषालले नागरिकको खाद्य अधिकार प्रति नगरपालिका जवाफदेहि रहेको बताउनु भएको छ । मंगलवार पिस हिमालयन रिर्सोट ठाकुरापुरमा भएको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । पालिकाले आवासलाई सुरक्षित गर्दै लगेको उहाँले जनाउनु भयो । वडामा खरको छानो मुक्त घर बनाउने अभियानमा काम गरेको जनाउनदै   गरीब , बिपन्न  समुदायलाई टिनको छानो सहितको घर बनाइदिएको जनाउनु भयो । 

नगरपालिकामा प्रदेशको सुरक्षित आवास अन्तरगत  २ सय ३४ घरलाई समेत टिनको पातो बितरण  गरिएको जनाउनु भयो  । कामको गतिलाई बढाउने , शैलीलाई परिवर्तन गर्नु पर्ने अहिलेको आवश्यकता रहेको जनाउनु भयो ।  पिपरा अस्पतालाई गुणस्तरिय स्वास्थ्य सेवा दिने काममा नगरपालिका लागेको समेत जनाउनु भयो ।  अनुगमनलाई कर्मकाण्डी गर्नु हुदैन भन्ने जनताको कुरालाई आत्मसाथ गर्दै आगामी दिनमा  निरन्तर रुपमा विषयगत रुपमा रहेर  वजार अनुगमन गरिने जनाउनु भयो । 

आगामी दिनमा कृषिमा बजेट बढाउने समेत उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।  स्थानिय समुहलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने पहल कार्यक्रम अन्तरगत खाद्य अधिकारका  विषयमा  अनौपचारीक क्षेत्र्र इन्सेक , मानव अधिकार समुह कपिलवस्तुले कार्यक्रमको आयोजन गरेको हो । कार्यक्रममा  कृषि विकास शाखा प्रमुख लेस वहादुर के.शीले  कानुन , कार्यविधि , ऐन सबै छन तर कार्यान्वयन फितलो हुदा कतिपय काममा कठिनाई भएको जनाउनु भयो ।   

काम भएका छन , तर नागरिकका आकांक्षा धैरै हुदा सबै माग पुरा गर्न नसकिएको यर्थात् हो , उहाँले भन्नु भयो । किसानले उत्पादन गरेको धानको मुल्य उचित नभएको स्वीकार्दै यो देशकै समस्या भएको जनाउनु  भयो । ६५ देखि ७० प्रतिशत रकम अनुदानमा जाने गरेको जनाउदै उहाँले  किसानहरु व्यवसायिकतामा नजादा सम्म कृषिको विकास नहुने  बताउनु भयो ।    यहि आउदो असोज १४ र १५  गने वाली  शिविर पटनाको मेचकुरी डाँडामा राखिने समेत जनाउनु भयो । पशु शाखा प्रमुख राजकुमार तिवारीले  अरुलाई दोष दिनु भन्दा आफु पनि जिम्मेवार हुनु पर्ने तर्क गर्नु भयो । 

किसानले उत्पादन गरेका वस्तुहरु विक्रि बितरण गर्दा सम्म हेर्ने जिम्मेवार को निकाय को छ । माटोको उर्वराशक्ति नष्ट भैसकेको छ । जथाभावी विषादीले गर्दा माटोको उर्वराशक्ति नष्ट भई  उत्पादनमा कमी आएको उहाँले बताउनु भयो ।  क्वालिटी नभएका दानाहरु कुखुरालाई खुवाइएको छ । उत्पादनदेखि लिएर विक्रिसम्म सबै जिम्मवार हुनु आवश्यक रहेको उहाँले औल्याउनु भयो । उहाँले अगाडि भन्नु भयो , बधशालामा लगानी गर्यौ तर व्यवसायीले चासो नदिएको जनाउनु भयो ।  अखाद्यध्य वस्तु विक्रि वितरण भएको पाइएमा प्रमाण सहित आएमा कारवाहि गरिने समेत उहाँले जनाउनु भयो ।    स्थानिय  सरकारले गरेका राम्रा काम पनि जनसमक्ष ल्याइदिन उहाँले सञ्चारकर्मीलाई आग्रह गर्नु भयो ।  पशुजन्य वस्तुका  ३ सय ८० फर्म दर्ता भएको जनाउदै ५ देखि ७ प्रतिशत  मासुजन्य वस्तु हरेक वर्ष  वृद्धि हुदै गएको प्रष्ट पार्नुभयो।कार्यक्रममा सञ्चारीका समुह लुम्बिनी प्रदेशका अध्यक्ष एवं वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डेले खाद्य अधिकारका विषयमा अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।

मानवअधिकार समुह वाणगंगाका उपाध्यक्ष इन्दिरा पन्तको अध्यक्षता सचिव मधु पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा उद्योग वाणिंज्य संघका अध्यक्ष उमानाथ पौडेल , कार्यपालिकाका सदस्य गिता भुषाल , इन्सेक प्रतिनिधि पार्वती आचार्य , वाणगंगा माविका प्रअ राम प्रसाद भण्डारी ,नागरिक समाजका धर्मराज घिमिरे ,वाणगंगा मौरी पालनका लिलापति घिमिरे , कृषक तुल्शिराम शर्मा लगायतले खाद्य अधिकार नागरिकको मौलिक हक भएकोले यस प्रति जिम्मेवार निकायले खेलवाड नगर्न आग्रह गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई समुहका कोषाध्यक्ष थानेश्वर अधिकारीले स्वागत गर्नु भएको थियो । 

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६