अन्तर्राष्ट्रिय

गुलाब नामक चक्रवातका कारण भारतको महाराष्ट्रमा १२ जनाको ज्यान गयो ।



काठमाण्डौ,१४ असोज । गुलाब नामक चक्रवातका कारण भारतको महाराष्ट्रको जनजीवन प्रभावित भएको छ । महाराष्ट्रको कयौँ ठाउँमा लगातार तीव्र गतिको हावासहित ठूलो पानी परेको छ । त्यहाँ दुई दिनमा १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले महाराष्ट्रको पालघर र मुम्बईमा  चक्रवातको प्रभाव धेरै परेको छ । मुम्बई अहमदाबादको राष्ट्रिय राजमार्गमा बाढीका कारण यातायातका सेवा ठप्प भएको छ ।

चक्रवातको गति प्रतिघण्टा ९५ किलोमिटर रहेको भारतीय मौसम विज्ञान विभागले जनाएका छ । चक्रवातका कारण यसअगाडि ओडिसा, मध्यप्रदेश, छत्तिसगढ, तथा आन्ध्रप्रदेशमा जनधनको नोक्सानी भएको थियो ।

प्रभावित राज्यका मानिसलाई नदी किनार, नहर तथा समुद्री किनारमा नजान चेतावनी दिइएको छ । गएको शनिवार बङ्गालको खाडीमा चक्रवात बनेपछि भारतका विभिन्न राज्यमा लगातार पानी पर्ने र तीव्र गतिमा हावा चल्दा जनजीवन प्रभावित बनेको हो ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६