अन्तर्राष्ट्रिय

इक्वेडरको जेलमा भएको झडपमा परि ज्यान गुमाउनेको सङ्ख्या एक सय नाघ्यो ।



काठमाण्डौ, १४ असोज । इक्वेडरमा एउटा जेलमा भएको झडपमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय नाघेको  छ । अस्ति मङ्गलवार ग्वायाकइल सहरमा रहेको एक जेलमा दुई समूहबीच झडप भएको थियो । झडपका क्रममा कैदीले गोली समेत प्रहार गरेका थिए । जेलभित्रै ग्रिनेड हानाहान समेत भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।  

झडप नियन्त्रणमा लिन प्रहरीले चार सय प्रहरी परिचालन गरेको थियो । यो जेलमा लागुऔषध गिरोहका सदस्यहरुलाई राखिएको थियो ।  इक्वेडरमा लागुपदार्थ नेटवर्क चलाउने मेक्सिकोको समूहको आदेशमा झडप भएको बीबीसीले जनाएको छ ।

सुरक्षाकर्मीले यो घटनालाई भयङ्कर त्रासदीपूर्ण भनेका छन् । जेलभित्र कसको हैकम चलाउने भन्ने विवादका कारण झडप भएको हो । घटनामा ५० बढी कैदीहरु घाइते छन् । यो घटना पछि राष्ट्रपति गीएर्मो लास्सोले देशभरका कारागारमा आपतकालीन अवस्थाको घोषणा गर्नु भएको छ । 

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६