प्रदेश

सामाजिक उत्तरदायित्व बोकेर सिभिल बैक खानेपानीमा पुगेपछि ?



चारनम्बर १५असोज ।  सिभिल बैंक चारनम्बर शाखाले बाणगंगा गजेहडा भूपु सैनिक खानेपानी सरसफारई तथा उपभोत्ता समितिलाई प्रिन्टर मेसिन प्रदान गरेको छ । विहिवार  एक कार्यक्रमका बीच सिभिल बैंकको चारनम्बर शाखाले सामाजिक उत्तरदायित्व अन्र्तगत खानेपानी समितिको आवश्यकतालाई मध्यनजर गर्दै एक थान प्रिन्टर मेसिन प्रदान गरेको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका ब्रान्च म्यानेजर लेखनाथ अधिकारीले सिभिल बैंकले जनताका आवश्यकतालाई सहज तुल्याउन हरेक क्षेत्रमा योगदान दिने प्रयास गरेको र आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

यस्तै खानेपानी समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले सामाजिक उत्तरदायित्व माथिको महत्व उल्लेख गर्दै बैंकले समितिलाई गरेको सहयोगको लागी धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष शाहले खानेपानी समितिले बाणगंगावासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन दिनरात लागेको र सोही क्रममा विभिन्न पक्षले सहयोग मिलेको बताउनुभयो ।

खानेपानी समितिका उपाध्यक्ष झलक मल्ल ठकुरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन समितिका लेखा संयोजक कमल पौडेलले गर्नुभएको थियो । कार्यक्रममा खानेपनि उपभोक्ता समितिका पदाधिकारी, बैंकका कर्मचारी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । 

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६