बुटवल,१५ रुपन्देहि । रुपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना मगरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।
लु १ झ ३९३ नम्करको स्कार्पियोले शुक्रबार बिहान बुटवल तर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो।
सैनामैना नगपालिका–५ बुद्ध नगरमा गाडीले ठक्कर दिएपछि मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२ का अन्दाजी ७० बर्षीय बालकृष्ण गौतम र उनकी पत्नी ६० वर्षीया लक्ष्मी गौतम घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया