प्रदेश

स्व. खनालको परिवारलाई आर्थिक सहयोग, छोरीलाई कक्षा १० सम्म पढाउने ।



कपिलवस्तु, १५ असोज । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल कपिलबस्तुले कपिलबस्तुको बाणगंगा ५ बैकुण्ठपुर निवासी स्वर्गीय ज्ञानकला खनालको परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गरेको छ । सामाजिक काममा निरन्तर सकृय रहँदै आएका नेबिसंघ र तरुण दलले विपत्तिको समयमा समेत गरिव तथा विपन्न परिवारलाई सहयोग गर्दै आएको थियो ।

लामो समयदेखि क्यान्सर रोग ग्रसित ज्ञानकलाको उपचारका क्रममा भएको सबै सम्पत्ति सकिएकाले काजकिरियाको लागि ५० हजार रुपैंया आर्थिक सहयोग गरिएको नेपाल बिद्यार्थी संघ क्षेत्र नं. १ कपिलबस्तुका सभापति चन्द्रकान्त पोखरेलले बताए।

नेबिसंघ र तरुण दलले नेपाली काँग्रेसका क्रियाशिल सदस्य, संघसंस्था र नेबिसंघ तरुण दलबाट सहयोग संकलन गरि खनाल परिवारलाई प्रदान गरेको हो ।

समाजसेवि दुर्गा जिसिले क्यान्सर रोग ग्रसित ज्ञानकलाको उपचारका क्रममा भएको सबै सम्पत्ति सकिएको खबर गरेपछी नेविसंघ तरुण दल ले सहयोग गरेको र सहयोग दुर्गा जिसिले जुटाउन भुमिका खेलेको पोखरेलले बताए ।

उक्त सहयोग रकम हस्तान्तरण गर्दै नेपाली काँग्रेस महाधिवेशन प्रतिनीधि दुनिका भुसालले खनालका १ छोरीलाई कक्षा १० सम्म पढनपाठनको जिम्मा लिए । उनले  सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरे । त्यस अवसरमा नेपाली काँग्रेस बाणगंगाका नगर सभापति विष्णुबहादुर थापा, तरुण दल सभापति शक्तिसिंह ठकुरी, नेबिसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेल, शालिकराम चौधरी लगायतले नेविसंघ र तरुणदल सामाजिक काम र विपन्न परिवारको साथमा रहेको बताएका थिए ।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६